३० कार्तिक २०८१, शुक्रबार

विमान अपहरणको दोषी मानिदाको त्यो क्षण


plance hijack

“Hey Nepali get up” भन्दै झक्झकाएर कराउँदै साथीले मेरो निन्द्रा त भङ्ग गर्यो नै साथै उस्को शब्दवाट म अचम्मित थिए । हुनत म नेपाली हुँ र यस्मा मलाई निसन्धेह गर्व छ तर पनि कुनै भारतिय साथिले यसरी मलाई सम्बोधन गरेका थिएनन् । कुरा २५ डिसेम्बर १९९९ को हो त्यस ताका म भारतको चेन्नैइमा SBOA school & junior college मा भर्ना भई सोही कलेजको छत्रावासमा बसी कक्षा ११ मा पढ्दै थिए ।

दक्षिण भारतका मानिसहरु निकै मिलनसार्, सोझा र कर्मठ हुन्छन् । त्यहाँका साथीहरु र हामी नेपाली साथीहरुविच निकै आत्मियाता थियो । आज भन्दा पहिले न मैले कुनै साथी लाई Indian भनेर सम्बोधन गरेको थिए न उनिहरुले नेपाली भनेर मलाई सम्बोधन गर्थे तर आज साथीको यो शब्दले म चकित भए । पछी उस्को त्यो ब्यवहार को कारण पनि थाहा भयो ।

कुरो के रहेछ भने २४ डिसेम्बरमा काठ्मान्डौवाट दिल्ली जान लागेको भारतिय विमान अपहरणमा परेको रहेछ र अपहरणकारीहरु मध्य अधिकांश पाकिस्तानी र एक नेपाली पनि रहेको हल्ला चलेको रहेछ । त्यसैले साथीहरुको मजाकको पात्र बन्न पुगेको रहेछु । केही साथीहरुले त नेपाली आतंककारी भन्दै गिज्याउँदै थिए । केही दिन पछी थाहा भयो कि उक्त विमानको अपहरणमा कुनै नेपालीको हात रहेनछ बरु अपहरणकारी मानीएको उक्त नेपालीले आफु पनि अपहरणमा परेपनी अरु यात्रुहरुलाई निराश र हतोत्शही न हुन आत्मवल दिएको रहेछ ।
त्यो कुरा थाहा पाएपछी हामी नेपालीहरुले एक किसिमको राहतको श्वास फेर्यौ ।

उक्त घटनाबाट एउटा पाठ सिकियो कि परिवारको कुनै एउटा व्यक्ती खराब छ भने पुरै परिवारको नाम बदनाम हुदो रहेछ, टोलमा एउटा बदमास छ भने पुरै टोल बदनामित हुदो रहेछ र साथै देशको एउटा व्यक्तीले नराम्रो काम गरे पुरै देश कलन्कित बन्दो रहेछ । यदी त्यस अपहरणमा कुनै नेपालीको साम्लग्नता भयेकै भए पनिअरु नेपालीहरुको के दोष ? त्यस दिन बाट कसैले अरुलाई नुवाकोटि, श्याङ्जाली अथावा झापाली भनेको सुन्दा मलाई ज्यादै दुख र रिस पनि उठ्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !