किन हुन्छ यस्तो जलन शिक्षित युवा हरुमा ?
“साला!! यहाँ पैसा बिना कसैले प्रगती देख्दैन,धन कमाए प्रगती हुनेरे,नत्र त हरिलठ्ठक रे यार!”, आफ्नो सिधा पछाडी पट्टिको टेबलबाट आबाज आयो। टाउकोलाइ करिब साठ्ठीडिग्री जतिको एङ्गलमा घुमाएर नजर लगाएँ पछाडीपट्टी।
“आठकक्षा पास नगरेको त्यो कृष्णे (नाम परिबर्तन) गाउँको हिरो, सबैले सुपर म्यान जस्तै ठान्छन् उस्लाइ।” करिब २५-३० बर्षको एउटा केटो बोलिरहेको थियो।
“अनी के भो त? तँ पनि कम छैनस् नि त यार” उस्को अर्को साथिले जवाफ दियो।
बिषय बस्तु अलि जटिल नै लाग्यो मलाइ। लौ राम्रै अध्ययन हुनेभो आज भनेर मख्खा परेँ।
“त्यो साले आठ कक्षा पढ्दा पढ्दै भागेर काठमाण्डौँ आएको, पहिला खलाँसी थियो बसको” पाइलट चुरोटको एक सर्को धुवाँ फ्याँक्दै भन्यो उस्ले।
“धेरै नै कमाछ तेस्ले ? के गर्छ आहिले?” अर्कोले सोध्यो।
बियरको ग्लाँस टेबल मा राख्दै भन्यो “तिन तलाको घर बानाको छ रे तेस्ले, महँगै बाइक चड्छरे, सुन्या मात्र हो कस्ले देखेको छ र खातेको घर।”
“अनी सुनेको कुरा के पत्याएको त?”
“किन नपत्याउने? गाउँमा गए सबैले उसैका कुरा गर्छन्,पोहर साल दशैँ भरी जुन घरमा गयो,उसैका कुरा सुनिन्थ्यो, तैँले चैँ के जागिर खाछस् त? कती कमाउँछस् भनेर सोधेरै हैरान गर्छन्,अझ कोहिले त क्रीष्णे ले त एति कमाछरे, तैले चैँ किन सकिनस् भनेर सोध्धै थिए।”
“अरुले के भन्छन् त्यो छोड्दे, बुझ्नेले तेरो प्रगती पनि देख्छन् नी यार! सबै भन्दा ठुलो कुरा आफ्नो फ्यामिली हो नी! तँलाइ फ्यामिलिमा त राम्रै गर्नुहुन्छनी हैन ?”
“यही त छनि समस्या, मेरो पढाइ प्रती कुनै गुनासो छैन परिबारको, तर पढाइ अनुसारको जागिर र कमाइ भएन भन्ने गुनासो घरमा पनि छ।”
एक मुस्लो सिग्रेटको धुवाँ हल लाइ परिक्रमा गर्दै मेरो छेउ सम्म आइपुग्यो।
“गाउँको सरकारी स्कुलबाट अङ्ग्रेजीलाइ नेपालिमा उल्था गरेर पढेर फस्ट डिभिजनमा एस.एल.सि पास गर्या हुँ उ बेला, काठमाण्डौ आएर पनि सङ्घर्षनै गरेर पढ्या हुँ, यत्रो डीग्री पास गरेर आफ्नो मेहिनत ले बाँचेको छु, गाउँमा म मात्र हो डीग्री पास गर्ने तर पनि मलाइ कसैले बाल दिँदैन।”
“अझ पोहर साल भुकम्प पछी उस्ले गाउँमा लाखौँको राहत बाँड्यो अरे भनेर खुब उसैको चर्चा छ यार”
बहुत अचम्म लाग्यो मलाइ, आजकल का पढेका युवाको सोच देखेर। पढ्नु,डिग्री लिनु के की लागी? के समाज ले मान्दिनका लागी हो र? पढेका ब्यक्ती लाइ सामाजले के गर्नु पर्यो? यो कस्तो जलन हो युवाको? पानीको राप जस्तो बाहिर हेर्दा शान्त ! तर छुँदा हात पोल्ने?
मानिस पढेर मात्र समझ्दार हुने होइन, पढेर मात्र ज्ञान प्राप्त हुँदैन। समाजले मलाइ के दिन्छ भनेर सोच्नुभन्दा अघाडी मैले पढेर यो समाजका लागी के गरेँ भनेर सोच्न सके कती राम्रो हुन्थ्यो हगी?
नपढेको कृष्णेले काठमाण्डौ आएर दुख पढ्यो, सँघर्ष गर्न सिक्यो, अभावको अनुभव लियो, खलाँसी देखी, कामदार देखी मालिक सम्मको अनुभव छ अझ भनौँ उस्लाइ पढ्न नसकेको ग्लानी छ, समाज प्रतिको उत्तरदायित्व बोध छ, उस्ले पढेर केही गर्न नसके पनि परेर जानेको छ र समाज लाइ केही दिँदैछ।
उता पढेको केटो बर्षको एक पटक घर जान्छ, अनपढ गाउँलेको के सँगत गर्नु भन्छ, कसै सङ्ग बोल्दैन, समाजको लागी दुइ कौडिको कन्टृब्युसन गर्दैन, अनि उ समाजबाट सम्मान चाहन्छ,उस्को गुणगान सुन्न चाहन्छ।
यसरी कसरी अपेक्षा गर्न सकिन्छ परिबर्तन को? प्रगतिको अनि देस बिकासको? कस्ले गरीदिने त समाज परिबर्तन? यो कस्तो पढाइ हो जहाँ पढेकाले नपढेका लाइ सँधै तुच्छ सम्झन्छ?
सबैभन्दा पहिला त युवाहरुको सोचमा परिबर्तन आउनु पर्छ, कस्ले मेरा लागी के गर्यो भन्दा पनि मैले कस्का लागी के गर्न सकेँ भनेर सोच्न सकियो भने साह्रै राम्रो हुन्छ। हामी लाइ कसैले मानिदिने होइन, हाम्रो काम लाइ मान्ने हो, हामिले पुरा गरेको दयित्व, हाम्रो जिम्मेवारी, हाम्रो विचार, सोच र सोच अनुसार को कर्म लाइ मान्ने हो न कि हाम्रो पढाइ, पेशा या अस्तित्व लाइ।
सबैमा नया सोच आओस्, सामाजका लागी म होइन मेरो लागी समाज भन्ने सोच आओस्, देस का लागी म होइन मेरो लागी देस भन्ने विचार आओस् विचार र कर्मले मात्र समाज परिबर्तन गर्न सकिन्छ, समाज परिवर्तन गर्न पहिले आफु परिवर्तन हुनुपर्छ, यो फोस्रो आदर्षवाद र कोरा कागजको पढाइले केही हुनेवाला छैन। सबै को जय होस्।नयाँ बर्ष २०१७ को सबैलाइ शुभकामना।
भरत भण्डारी, त्रीभुवन विश्वविध्यालय, किर्तीपुर