“म त शुन्यतामा छु मित्र” एकजना मित्रले केही महिना अगाढी मसङ्ग भन्नुभएको थियो।
“त्यसो त तपाइँ महान हुनुहुन्छ, शुन्यतामा रहनसक्नु तपाइँको महानता हो” मैले भनेको थिएँ।
“शुन्य मान्छेलाइ महान भन्ने” उनि रिसाएका थिए म सङ्ग।
आज त्यही सुन्यातालाइ म यहाँ ब्याख्या गर्न जाँदैछु।
शुन्य गणितको मुख्य अंक हो। गणित बिना बिज्ञानको आविस्कार सम्भब छैन।
आज विश्व यती अगाढी बढेको छ त केबल बिज्ञानको कमालले छ र बिज्ञानको उत्पत्ती गणित हो।
गणित बिना बिज्ञान संभव छैन र गणित शुन्य बिना सँभब छैन। शुन्य नै त्यो अंक हो जसको प्रयोग हरेक क्षेत्रमा हुन्छ।
यो आफैँमा पुर्ण छ। न यसलाइ यस्को जोडले असर पार्छ न घटाउले। यो आफैँमा पुर्ण छ। शुन्य बाटनै अन्य अंकहरुको सुरु भएको कुरा प्रशिद्द गणितका पिता आर्य भट्टले गरेका छन्। आर्य भट्टले शुन्य अंकको आविश्कार एउटा हिन्दु धर्मको प्रशिद्द हृचाबाट गरेका थिए। जुन यस प्रकार रहेको छ।
“ॐ पुर्णमद: पुर्णमिद पुर्णातपुर्णमुदच्यते ।
पुर्णस्य पुर्णमादाय पुर्णमेवावशिष्यते ।”
अर्थात :- “यो पूर्ण छ(जगत), त्यो पूर्ण छ(ईश्वर), पूर्णबाट पूर्ण नै बन्छ, पूर्णबाट पूर्ण लिँदा पूर्ण नै शेष रहन्छ।”
अर्थात् :- पूर्णबाट पूर्ण निकाल्दा पूर्ण नै बाँकी रहन्छ।
हो, यही मन्त्रलाई प्रयोग गरेर आर्य-भट्टले शुन्य अंककाे आविष्कार गरेका छन्। उनले पूर्ण भन्ने शब्दलाई ० चिह्न प्रयोग गरे। अव माथिको हृचामा शुन्यको प्रयोग गरी हेर्ने हो भने कस्तो देखिएला त ?
परमात्मा लाइ ० मानौँ र जगत लाइ पनि ० मानौँ । अव परमात्मा बाट जगत निकाल्दा के रहला? शुन्य नै रहन्छ। मतलब पुर्णनै रहन्छ।
ल हेरौँ,
परमात्मा(०) – जगत(०) = ०
० बाट ० घटाउँदा ० नै रहन्छ । अर्थात, पूर्णबाट पूर्ण घटाउँदा पूर्ण नै रहन्छ।
तर अरु कुनै पनि अंकमा यस्तो हुँदैन ।
त्यस्तै, जब यो ० (जगत) प्रलयपछि त्यो ० (परमात्मा) मा मिल्छ तब पनि त्यो परमात्मा पूर्ण अर्थात ० नै रहन्छ ।
अर्थात्, ० + ० = ०
अंक ० माथिकाे सिद्धान्तमा एकदम फिट भयो।
तर माथिकाे सिद्धान्तमा ० सट्टा अरु अंक प्रयोग गर्ने हो भने कदापि पनि मिल्दैन।
एसको मतलव के हो त? ब्रम्हाण्डको शत्यता भनेको शुन्य हो।
यो ब्यालेन्स छ। बाँकी जोड घटाउ त मानिसको कर्मको फल हो।
हामी शुन्य थियौँ, पुर्ण थियौँ, तर परिस्थितीले अपुर्ण बनायो। दिन दिनको तनाव, काम क्रोध, लोभ मोह, घृणा, त्राश आदिले मानिसलाइ अपुर्ण बनाएको छ। गलत बिचार, क्रोधी ब्याबहार, काम बासना र अत्याधिक लोभ र मोहले मानिसलाइ पतन बनाएको छ, त्यसैले मानिस अपुर्ण छ, आधी जलेको काठको ठुटो जस्तो।
शुन्यता पुर्णता हो। जिवनको पुर्णता कमैको मात्र हुन्छ। त्यसैले कोही म शुन्यातामा छु भन्छ भने त्यो महान हो।