भरत भण्डारी
“कहाँ सम्म हो सर?”,
“म बालाजु हो” ।
“अनी सबै ड्कुमेन्ट बोक्नुभा छत बाइकको?”
“अँ, छ” ।
“ए छ है ?ल! ठिकै छ, धेरै राम्रो। तै पनि एस्सो हेरौँकी सर?”
“हुन्छ” ।
लाइसेन्स हेर्दै “ए! ल ठिक छ, एस्सो ब्लु बुक पनि नजर लगाइदिउँन है?”
सबै तिर छामी सकेपछी “ओहो! सर, ब्लु बुक त छुटेछ”।
“ए! छुटेछ है? ठिकै छ, राम्रो गर्नुभो। चिट काटौँन त,
“एक चोटी बिर्सेको त होनि, चिट काटी हाल्नु पर्छ त?”
“मैले पनि एकचोटी काट्न लागेको त होनी, कहाँ सँधै काटेको छु र?”,
“अल्ली हतारमा भएकोले भुलिएछ, अब के गर्ने?”
“अब चिट काट्ने, अरु के गर्ने?”
“भयो सर एक्चोटिलाइ नकाटौँ”,
चिट काटेर दिँदै “जम्मा हजार रुपैयाँ काटेको छु”,
“हजार??? किन त्यत्रो ? जम्मा दुइ सय हो नियमले त”
“तपाइँको ब्लु बुक नभएकोले रु दुइ सय, झुटो बोलेर ट्राफिकलाइ झुक्याउन खोजेको रु चार सय, ट्राफिक सङ्ग नचाहिँदो डिस्कस गरेको रु चार सय, कुल गरी जम्मा रु एकहजार, कुरा बुझ्नुभो त?”
“यो त अति भयो, यसरी जती पनि काट्न पाइन्न,” म रिसाएको देखेर पर बाट दुइओटा तारा वाला ट्राफिक आएर भन्यो “ओइ भाइ! सालेको अर्को एक हजारको चिट काड्दे”।
रिसको सिमा अलि बढिनै हुन खोजेको महसुस गर्दै, ट्राफिक सङ्ग रिसाएर मुख चलाएको थप पाँच हजारको चिट काटिनबाट जोगिन एक्कासी बाइक हुईँक्याउँदा सिटी सेन्टर ओरिपरी रमिता हेर्नेको भिड लागिसकेको रहेछ ।