४ असार २०८१, मंगलबार

के हो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ?


Picture Source : UCF Business Incubation

काठमाडौँ । विश्वभर चर्चामा रहेको र प्रयोग बढ्दै गएको विषय आर्टिफिसियल इन्टेलिजेन्स के हो ? भन्ने बारेमा चर्चा गर्न गइरहेको छु । आर्टिफिसियल इन्टेलिजेन्स अंग्रजी शब्द हो जसलाई छोटकरीमा एआई भनिन्छ । आर्टिफिसियल इन्टेलिजेन्सको नेपालीमा अनुवाद कृत्रिम बौद्धिकता हुनजान्छ ।

‘एआई’ का जनक अमेरिकी कम्प्युटर वैज्ञानिक जोन म्याकर्थीलाई मानिन्छ । उनले पहिलोपटक सन् १९५५ मा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ शब्द क्वाइन गरेका थिए । ‘एआई’ को प्रयोग र महत्त्व विश्वभर दिन प्रतिदिन बढ्दै जानुका साथै यसका नयाँनयाँ परिमार्जित र अत्याधुनिक संस्करण समेत विकसित हुँदै गइरहेका छन् ।

सरल भाषामा भन्नु पर्दा एआई भनेको मानिसले दिएको कुरा मान्ने, बुझ्ने, स्थान, अनुहार चिन्ने र आफैँ सोचविचार गर्न सक्ने कृत्रिम बुद्धि हो । वास्तवमा भन्नुपर्दा आर्टिफिसियल इन्टेलिजेन्स भनेको विशेष गरी कम्प्युटर प्रणालीद्वारा संचालित मेशिनहरूद्वारा मानव बुद्धिमत्ता प्रक्रियाहरूको नक्कल हो ।

सरल भाषामा भन्नुपर्दा मानव वा जनावरले प्रदर्शन गर्ने प्राकृतिक बुद्धिको सट्टा यन्त्र र मेसिनले प्रदर्शन गर्ने बौद्धिकता हो । कृतिम बौद्धिकता भनेको मानव शरीरको दिमागका अलावा मानवनिर्मित उपकरणहरुद्वारा विचार वा निर्णय प्रदर्शन गर्ने प्रक्रिया हो ।

आर्टिफिसियल इन्टेलिजेन्स कम्प्युटर विज्ञानको एउटा क्षेत्र जसले प्रणालीहरू सिर्जना गर्नमा केन्द्रित हुनुका साथै सामान्यतया मानव बुद्धिको आवश्यकता पर्ने कार्यहरू गर्न सक्छ । यी कार्यहरूमा प्राकृतिक भाषा बुझ्ने, ढाँचाहरू पहिचान गर्ने, अनुभवबाट सिक्ने, तर्क गर्ने र समस्या समाधान गर्ने गर्छ ।

कृत्रिम बौद्धिकताले मानिसले जस्तै सोच्न, सिक्न र समस्या समाधान गर्न प्रोग्राम गरिएको मेसिनहरूमा मानव बुद्धिको सिमुलेशनलाई जनाउँछ । यसले मेसिन लर्निङ, प्राकृतिक भाषा प्रशोधन, कम्प्युटर भिजन, रोबोटिक्स र थप लगायतका प्रविधि र अनुप्रयोगहरूको विस्तृत श्रृंखलालाई समेट्छ ।

एआई प्रणालीलाई व्यापक रूपमा दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ : संकीर्ण एआई र सामान्य एआई । संकीर्ण एआईलाई कमजोर एआई पनि भनिन्छ । संकीर्ण एआईलाई भाषा अनुवाद, छवि पहिचान वा चेस खेल्ने जस्ता सीमित डोमेनभित्र विशिष्ट कार्यहरू गर्न डिजाइन गरिएको हो । सामान्य एआईले कार्यहरूको विस्तृत दायरामा ज्ञानलाई बुझ्न, सिक्ने र लागू गर्ने क्षमता भएका मानवजस्तै बुद्धि भएको मेसिनलाई जनाउँछ ।

एआई मानिसको निर्देशन बुझ्ने, सो अनुसार काम गर्ने, मानिसलाई चिन्ने, गाडी आफैँ हाँक्ने, कुनै खेल निकै सोचविचार गरेर खेल्नेलगायत काम गर्न सक्ने मानव निर्मित कम्प्युटर प्रोग्राम हो । एआईको विशिष्ट प्रयोगहरूमा विशेषज्ञ प्रणाली, प्राकृतिक भाषा प्रशोधन, बोली पहिचान र मेसिन दृष्टि समावेश छ ।

कम्प्यूटर विज्ञानमा हालसम्म अनुसन्धानको क्षेत्र समेत रहेको एआईले मानिसको दिमागको प्रयोग गर्छ । एआईले मेसिनहरूलाई तिनीहरूको वातावरण बुझ्न सक्षम गर्ने विधिहरू र सफ्टवेयरहरू विकास र अध्ययन गर्दछ र परिभाषित लक्ष्यहरू प्राप्त गर्ने तिनीहरूको सम्भावनालाई अधिकतम बनाउने कार्यहरू गर्न सिक्ने र बुद्धिमत्ता प्रयोग गर्दछ ।

सूचना प्रविधिका क्षेत्रमा सन् २०२० मा ओपनएआईले च्याट जीपीटी जारी गरेसँगै एआईको चर्चा चुलिएको हो । सन् २०२२ मा नोभेम्बर ३० तारिखमा ओपनएआईले च्याटजीपीटी आम उपभोक्तालाई खुल्ला गरेसँगै एआईको उपयोगिता र प्रयोगले व्यापक चर्चा परिचर्चा सुरु भएको थियो ।

खानी उद्योगदेखि अन्तरिक्ष यात्रासम्म पनि मेसिनको मस्तिष्कको प्रयोग मानवको सहयोगका लागि भइरहेको छ । सेयर बजार, बीमा कम्पनी, बैंक, वस्तु खरिद बिक्री, वस्तु उत्पादनलगायत मानवका अधिकांश गतिविधिमा एआई उपयोग भइरहेको छ ।

एआईसँग स्वास्थ्य सेवा र यातायातदेखि वित्त र मनोरञ्जनसम्म हाम्रो जीवनका धेरै पक्षहरूमा क्रान्तिकारी परिवर्तन गर्ने क्षमता छ । यद्यपि, यसले नैतिक र सामाजिक चिन्ताहरू पनि खडा गर्छ, जस्तै जागिर विस्थापन, एल्गोरिदममा पूर्वाग्रह, गोपनीयता मुद्दाहरू र दुरुपयोगको सम्भावना छ ।

विश्व प्रसिद्ध सूचना प्रविधिका कम्पनीहरु गूगल, फेसबुक, टेस्ला, माइक्रोसफ्ट, एप्पल, अमेजन, आईबियम, इन्टेलले एआईको प्रयोग गरिरहेका छन् । कृत्रिम मानव यानेकी रोबट बनाउने र कृत्रिम बौद्धिकता यानेकी एआईको प्रयोग गर्ने ठूला पाँच कम्पनी अमेजोन, एप्पल, फेसबुक, गुगल र माइक्रोसफ्ट जस्ता कम्पनीका मालिकहरू नै अहिले संसारका धनी मानिसमा कहलिएका छन् ।

हामीले युटूवको लिंक किल्क गर्दा यो भिडियो तपाईलाई मन पर्न सक्छ भनेर देखाउनु, हामीले लगाउने डिजिटल घडीले तपाईको मुटुको धडकन बढ्यो भने चेतावनी दिनु, बाहिरको तापक्रम बढ्यो भने बाढी आउनसक्छ, पानी पर्न सक्छ भनेर मोवाइल फोनमा सूचना आउनु, गुगल सेर्च र गुगल टान्सलेटमा एआईको प्रयोग भएको हुन्छ । मोबाइलको क्यामराले अनुहार चिन्नु, आवाजको नक्कल गर्नु, स्वचालित कार मान्छेको सहायताबिना गुड्नु, गुगलमा खोजिएका नतीजा प्राप्त हुनु, कम्प्युटरमा चेस वा अन्य खेल खेल्न सक्नु एआईका उदाहरण हुन् ।

हाल एआईको व्यापक प्रयोग स्वचालित यन्त्र, गुगलको नक्सा, आवाज र अनुहारको पहिचान, लेखरचनाको स्वरसम्पादन, प्राकृतिक संरचना र प्रक्रियाको अनुमान र सुझाव, च्याटबोर्ड, सामाजिक सन्जाल, ई–भुक्तानीको काममा बढेको छ । अहिले हामीले चलाउने फेसबुक, अमेजनमा रोज्ने किताब या युट्युबमा सुन्ने गीत, हेर्ने भिडियो र खेल्ने खेलसमेत सजिलै एआईले खोजेर दिन्छन् । समग्रमा भन्नुपर्दा अहिले संसारभरका आधाभन्दा बढी मानिसले चलाउने स्मार्टफोनमा यो कृत्रिम बुद्धिमत्ता राखिएको छ ।

विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनपछि सर्वाधिक तिक्ष्ण मानिएका भौतिकशास्त्री स्टिफन हकिङ, माइक्रोसफ्टका संस्थापक बिल गेट्स, संसारका अहिलेका सर्वाधिक चर्चित प्रतिभाशाली व्यक्ति एलन मस्कसम्मले भविष्यमा मानिसले सुपर–स्मार्ट मेसिन (रोबट)बाट कडा चुनौति झेल्नुपर्ने चेतावनी दिँदै आएका छन् । उनीहरुले भविष्यमा एआइको विकासबाट हुनसक्ने सम्भावनालाई मानवले नियन्त्रण नसक्ने भनेर चिन्ता समेत प्रकट गरेका छन् ।

केही अर्थशास्त्रीहरूले रोबोट र एआईको बढ्दो प्रयोगले दीर्घकालीन बेरोजगारीमा पर्याप्त वृद्धि हुने समेत चिन्ता व्यक्त गरेका छन् । चर्चित भौतिकशास्त्री हकिङले सचेत गराएअनुसार यदि कृत्रिम बौद्धिकताको पूर्ण विकास हुन दिएमा यो अभिशाप भएर यसले मानव जातिकै अन्त्य गर्नेछ, किनभने सुस्त जैविक विकासले बाँधिएको मानव मेसिनसँग प्रतिस्पर्धा गर्न सक्नेछैन र सदाका लागि विस्थापित हुनेछ ।

सन्दर्भ सामग्रीहरु

१. Wikipedia – Artificial intelligence (https://en.wikipedia.org/wiki/Artificial_intelligence)

२. What is artificial intelligence (AI)? Everything you need to know (https://www.techtarget.com/searchenterpriseai/definition/AI-Artificial-Intelligence)

३. एआई सङ्कट कि अवसर ? (https://gorkhapatraonline.com/news/90188)

४. एआई (https://nagariknews.nagariknetwork.com/tag/slug-1695695971-lSTq)

५. आर्टिफिसियल इन्टेलिजेन्स के हो ? (https://nepallive.com/story/4677)

६. ‘एआई’को उपयोगिता र सम्भावना क्षेत्र (https://www.ukaalo.com/opinion/20240313-ai-use-computer-information-technology/15675)

७. आर्टिफिसियल इन्टेलिजेन्स के हो ? यसले के गर्छ ? (https://www.nepalkhoj.com/2023/06/08/298452)

८. के हो आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बुद्धिमता ? (https://newshousenepal.com/post/20230928190024)

९. के हो आर्टिफिसियल इन्टेलिजेन्स ? हाम्रो बारेमा कसरी जान्दछ यति धेरै कुरा ?(https://www.onlinekhabar.com/2023/08/1344426)

१०. के हो आर्टिफिसियल इन्टेलिजेन्स ? मसिनले कसरी मानिसले झैं ज्ञान बटुल्न सक्छ ? (https://www.techpana.com/2022/31926)

११. कसरी बनाइन्छ एआई प्रविधि अनि कसरी गर्छ काम ? (https://www.techpana.com/2024/146160/how-is-ai-technology-made-and-how-does-it-work)

१२. एआई : अर्थतन्त्रको नयाँ आधार (https://www.onlinekhabar.com/2022/05/1134104)

१३. कृत्रिम बौद्धिकता र हाम्रो भविष्य (https://jhannaya.nayapatrikadaily.com/news-details/1650/2022-03-05)

१४. भाषाको संरक्षण र प्रवर्द्धनमा एआईको प्रयोग (https://nagariknews.nagariknetwork.com/opinion/1199551-1686293156.html)

१५. आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अवधारणा पत्रको प्रारम्भिक खाका तयार (https://technologykhabar.com/2024/05/17/167864/)

१६. के हो ‘कृत्रिम बौद्धिकता’ ? कसरी काम गर्दछ यसले ? (https://www.nepalviews.com/2023/04/22/152103)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !