१२ असार २०८१, बुधबार

काठमाडौँमै सयपत्री फूलबाट राम्रो आम्दानी


सयपत्री फूल ;okqL km”n e/tk’/, # sflQs M lrtjgsf] e/tk’/ dxfgu/kflnsf–* uf}l/uGhdf Jofj;flos ?kdf nufOPsf] ;okqL km”n . oxfFsf ls;fgn] Pp6f dfnfsf] clwstd d”No !)).– ?k}ofF . tl:a/M s[i0f cfrfo{÷/f;;

काठमाडौँ । काठमाडौँको नागार्जुनका कृषकले सयपत्री फूलको खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका–६ पोखरीडाँडाका किसानले तिहारमा अत्यधिक प्रयोग हुने सयपत्री फूल बिक्रीबाट राम्रो आम्दानी गरेका हुन् ।

बाँझो रहेको जग्गाको सदुपयोग गर्दै काठमाडौँको नागार्जुन–६ पोखरीडाँडाका कृषक ऋषि खत्रीले सयपत्री फूलको खेतीबाट वार्षिक रु एक लाखभन्दा बढी रकम आम्दानी गर्दै आएका छन् । विगत पाँच दशकदेखि फूलको व्यावसायिक खेती गर्दै आएका खत्रीले बाँझो जग्गाको सदुपयोग गर्दै वार्षिक एक लाखदेखि डेढ लाखसम्म आम्दानी गर्दै आएको बताए । उनले पोखरीडाँडाको २६ आना जग्गामा फूलखेती गर्दै आएका छन् ।

विसं २०१८ मा जन्मिएका खत्रीले सुरुदेखि नै घरमा सयपत्री फूलको खेती हुने गरेको बताए । “विगत वर्षमा धेरै मात्रामा फूलको खेती गथ्र्यौँ, अहिले जग्गा बिक्री वितरण हुँदा र खेती गर्ने व्यक्ति नहुँदा फूलको खेती घटेको छ”, उनले भने । तिहार सुरु हुन केही दिन बाँकी रहे पनि फूल खोज्न भने व्यापारीहरू यतिखेर पोखरीडाँडा जाने गरेका छन् ।

सोही गाउँमा विगत १२ वर्षदेखि फूल व्यवसायी गर्दै आएकी कान्छी गिरी पनि यतिबेला फूल टिपेर बजारमा पठाउने काममा जुटेका छन् । तिहार सुरु हुन केही दिन बाँकी छँदा नै बजारमा फूलको माग आएकाले फूल टिपेर बिक्री वितरण गर्न सुरु गरेको बताए । कान्छी गिरीले भने पोखरीडाँडाको एक रोपनी क्षेत्रफलमा फूलखेती गर्दै आएका छन् ।

उनले फूल बेचेर घरखर्च चलाउँदै आएको बताइन् । सोही गाउँमा मकै, कोदो, तरकारी उत्पादन हुने भए पनि त्यहाँका स्थानीयवासीले फूल व्यवसायलाई नै प्राथमिकता दिँदै आएका छन् । कान्छी गिरीले भने वार्षिक फूल बिक्रीबाट रु ३० हजारदेखि ५० हजार आम्दानी गर्दै आएको सुनाइन् ।

“आफैँ बजारमा लगेर बेच्न पाए राम्रो आम्दानी हुन्थ्यो, घरमा आएका व्यापारीलाई बेच्दा राम्रो भाउ पाइँदैन”, उनी भन्छिन् । उनले एक ढ्वाङ (चारपाथीको टिन) को रु पाँच सयमा बिक्री वितरण गर्दै आएको सुनाइन् । बजारमा फूल पुर्याउन सके एक ढ्वाङको रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी हुने उनको भनाइ छ । साउनमा बेर्ना सारेपछि तिहारमा ढकमक्क फूल्ने सयपत्री फूल यसपालि भने राम्रोसँग फुल्न पाएको छैन । एकातिर तिहार चाँडो पर्नु र अर्कातिर दसैँको समयमा भारी वर्षा हुँदा राम्रोसँग फूल फुल्न नपाएको किसान बताउँछन् ।

यतिबेला नागार्जुन नगरपालिकाको इचङ्गु, भैरवनाथ, पोखरीडाँडा, हवलदार बस्ती, भीरकोट, रामकोट, थाप्लेलगायतका स्थानमा फूल ढकमक्क फूलेको देख्न सकिन्छ । सोही स्थानमा दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेका ठूलोभाइ गिरी चाडपर्व चाँडो परेको कारण फूल राम्रोसँग फुलिनसकेको बताए । सोही क्षेत्रमा फुल्ने फूलहरु विशेष गरेर काठमाडौँको असन, इन्द्रचोकलगायतका स्थानमा बिक्री वितरण हुँदै आएको छ ।

नेपालमा तिहारको समयमा सयपत्रीको माला बढी प्रयोग हुन्छ । तिहारमा दिदीबहिनीले टीका लगाइदिँदा सप्तरङ्गी टीकासँगै मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने प्रचलन रहिआएको छ । तिहारमा लक्ष्मीपूजा, कुकुर, गाई, गोरुको पूजा गर्दा पनि सयपत्री फूलको प्रयोग हुन्छ । आजभोलि तिहारको समयमा घर कार्यालय सजाउनका लागि सयपत्रीको फूलको माला प्रयोग गरिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !