८ बैशाख २०८१, शनिबार

मुगुका किसानलाई स्याउ टिप्ने चटारो


मुगुका किसानलाई स्याउ टिप्न चटारो

गमगढी मुगु । छायाँनाथ रारा नगरपालिका–५ का स्याउ किसान विष्णुमाया रोकायाको परिवारलाई यतिबेला आफ्नो बगैंचामा फलेका स्याउ टिप्न भ्याइनभ्याई छ । उनको बारीमा १५ स्याउका बोट छन् । वडा नं ४ का किसान हरिबहादुर भाम बिहानैदेखि साँझ अबेरसम्म स्याउ टिप्न बारीमा नै व्यस्त छन् ।

उनीहरू मात्र होइन, यतिबेला जिल्लाका स्याउ उत्पादन हुुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ । किसानहरु आफ्नो स्याउ बगैंचामा बिहानैदेखि सपरिवार स्याउ टिप्न व्यस्त देखिन्छिन । स्याउ नै उनीहरुको मुख्य आम्दानीके स्रोत हो ।

मुगुका बाम, ताल्च, रोवा, शोभा, खमाले सेरीलगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिन्छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । तर यो समय स्याउ टिप्नको लागी उपयुक्त समय भने होइन । मुुगुुको हावापानीअनुुसार स्याउ टिप्ने समय भदौको अन्तिम तथा असोजको पहिलो साता भए पनि मुुगुुका स्याउ किसानले समय अगावै स्याउ टिप्न थालेका छन् ।

स्याउ ढिलो टिपे कुहिने र बिक्री नहुने समस्याले स्याउ किसान धमाधम स्याउ टिपेर बगैंचा खाली गर्न थालेको बताउँछन् । जिल्लामा धेरै किसानले स्याउ खेती गरेका कारण एकैचोटी बजारमा पठाउँदा मूल्य नपाउने भएकाले पनि किसानहरु समय अगावै स्याउ बिक्री गर्न हतार गर्ने गरेको हरिबहादुर बताए । यो बर्ष स्याउ उत्पादन धेरै हुुने अनुमान गरेको भएपनि बजारीकरणको समस्याले स्याउ कसरी खपत गर्ने भन्ने पिरलो विष्णुमायालाई पनि छ ।

केही किसानहरु भने स्याउ भण्डारण गर्ने ठाउँ नभएकाले व्यापारी बगैचामा आएको मौकामा स्याउ बेच्न हतारिने गर्दछन् । पछि के हुन्छ, बिक्री भएन भने वर्ष भरि कसरी गुजारा गर्ने भन्ने चिन्ताले आफूले काँचो स्याउ बिक्री गर्ने गरेको उनको भनाइ छ ।

यतिबेला स्याउ ब्यापारीले किसानको बगैचाबाट प्रतिकेजी ३० रुपैयाँमा स्याउ लिने गरेको किसानहरु बताउँछन् । व्यापारीहरु पनि समय अगावै आएर सस्तोमा किन्न खोज्ने गर्दछन् ।

उत्पादन धेरै भएको स्याउ बजारीकरणको समस्याले कुुहिने डर भएको हुँदा बिक्रि गर्ने गरेका स्याउ अर्का किसान सूर्य प्रकाश भामको भनाइ छ । उहाँका अनुसार स्याउ राख्ने कार्टुन नहुँदा पनि समस्या भएको छ ।

स्याउ टिप्न डोकाको प्रयोग गर्नु पर्दा सामान्य चोटपटकले पनि स्याउ कुहिने हुन्छ । भण्डारण र बजारीकरणको समस्या नहुने भए किसानले राम्रो मूल्य पाउने र उपभोक्ताले पनि स्वादिलो स्याउको स्वाद पाउने उनीहरुको भनाइ छ । व्यावसायिक रुपमा स्याउ खेती गरेका कतिपय किसानले आफूले नभ्याएर खेताला लगाउने गरेका छन् । स्याउ टिपरे गोठमा राखिएको छ ।

भरपर्दो सडक सुविधा नहुँदा स्याउ बजारीकरणको समस्याले किसानहरु चिन्तित छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन राम्रो भएको किसानहरु बताउँछन् । यहाँको स्याउ नेपालगञ्ज, सुर्खेतदेखि राजधानी काठमाडौँसम्म बिक्री हुने गर्दछ । विष्णुमाया ती ठाउँमा आफैं लगेर बिक्री गर्दा राम्रो मूल्य पाउने आशामा यसपटक व्यापारीहरु बगैैँचामै आएर स्याउ खरिद गर्न मागे पनि नदिएको बताए ।

यस वर्ष गत वर्षको तुलनामा स्याउ उत्पादन वृद्धि हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यलय मुुगुका निमित्त कार्यालय प्रमुख दुुर्गाबहादुर शाहीले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ३४ मेट्रिक टन स्याउ उत्पादन भएको भएको थियो ।

यस वर्ष जिल्लामा गत वर्षभन्दा पाँचदेखि १० प्रतिशतले स्याउ उत्पादनमा बृद्धि हुुने अनुमान गरिएको प्रमुख शाहीले बताए । जिल्लाा विशेष गरी तिन प्रकारका रोयल डेलिसेस्, रेटडेलिसेस् र गोल्डेन डेलिसेस् नामक स्याउ उत्पादन हुुने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !