१४ बैशाख २०८१, शुक्रबार

वर्षात्को मौसममा यात्रा गर्दा भरसक खानेकुरा बोकेर हिड्ने बानी बसालौ


नवलपुर् ट्रक जाम

नवलपुर । वर्षात्को मौसममा यात्रा गर्दा भरसक केही खानेकुरा बोकेर हिड्ने बानी बसाल्नु उचित हुन्छ । तर आम नेपालीमा यो बानी कम देखिएको छ भने विदेशीहरु बोकेरै हिड्ने गर्छन् ।

पानी परेर बाढी-पहिरो जाने हुनाले सडक अवरुद्ध हुन सक्ने भएकोले यात्रुले महंगोमा किनेर खानुपर्ने स्थिति सिर्जना हुनसक्छ । पानी पर्ने याममा यात्रामा निस्कदा पानी, चाउचाउ, बिस्कुट जस्ता किनेर बोकेर हिड्नु बुद्धिमानी काम हो ।

मेरो जानकारीमा आएको एउटा महत्वपूर्ण कुरा के छ भने नेपाली वाहेक विदेशीहरूले आवश्यक खाना आफै बोकेको तर नेपालीले भने यसो नगरेको पाइन्छ ।हामीले बाटोमा हिड्दा जस्तोसुकै आपत पर्न सक्ने हुनाले आ-आफ्नो झोलामा खानेकुरा लिएर हिड्दा महगो खरिद गर्नुपर्ने झन्झटबाट मुक्त हुने कुरामा दुईमत छैन ।

अन्तर्राष्ट्रिय स्तरमा जाँदा समेत खाना लिएर नहिड्ने बानीले गर्दा नेपालीले प्राय: दु:ख भोग्ने गरेको अनुभव यात्राको क्रममा गरेको अनुभव छ । आजको बन्दको क्रममा सवैभन्दा बढी ट्रक र भारतीय बसहरू देखिएको छ ।

हिजो रातिदेखि परेको बर्षाका कारण पूर्व-पश्चिम राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ । मध्येविन्दु-१० मा रहेको ठुलो र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएको २ वटा डाइभर्सन र बिनय त्रिवेणीको खहरे खोलामा डाइभर्सन बगाएपछि महेन्द्र राजमार्ग अबरुद्ध भएको छ ।

अहिले दुवै तर्फको बाटो बन्द हुन पुगेको र खुलाउन प्रयास जारी भईरहेको प्रहरीले बताएको छ । काम गर्दा पहिलो प्राथमिकतामा पुल र डाइभर्सन मर्मतमा राखिनुपर्छ किनकि यो पूर्वपश्चिम राजमार्ग अन्तगर्त पर्ने हुनाले यात्रा गर्नेहरुलाई सकस हुन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !