२२ बैशाख २०८१, शनिबार

देशको विकास विदेशी सहयोगले होइन आफ्नै मेहनत र बलले हुने गर्दछ


एमसीसी

एमसिसी पास गर्नु राम्रो हो । हिजो चीनले दिएको सहयोग गैडाकोट कागज कारखाना बन्द भयो । यो जस्ता थुप्रै सहयोगमा बनेका उद्योग प्राय: बन्दछन् । विगतमा गरेका सहयोगबाट देशले के कस्तो फाइदा उठाए भन्ने कुरा पहिले बुझौं ।

सहयोग प्राप्त गर्दैमा देशको विकास हुने भए पहिले नै भइसक्ने थियो । आज हरेकले सहयोग पाए देश स्विट्जरल्याण्ड बन्ला भन्ने सपना देख्नु मुर्खको काम हो । बाबुको सम्पत्तिमा छोराको रजाइ नहोला भन्न सकिदैन । ठिक यही अवस्था राज्यको ढुकुटीमा जनताको छोराको रजाई भइरहेको छ ।

अरूको काँधमा र सहयोगमा सवै काम सम्भव छैन। यसले असफलतातर्फ देश लाग्न थाल्नेछ । जनताले एमसिसी ठिक छैन भन्नुको अर्थलाई गहिरिएर सोचेर मात्र काम गर्नु पर्छ । जनता भन्दा ठुलो यहाँ कोही छैन । पहिले जनताको भावनाको कदर गर्न सिकौं ।

सहयोग लिने र दिने यो सवै समयको माग हो । हिजो यही देश हो जहाँ विदेशीलाई सहयोग गर्ने तर आज हात थाप्दै ठिक छ । नत यहाँ विकास भएको छ नत भविष्यमा विकास हुन सक्छ । विकासका लागि एजेण्डा हुनुपर्छ र मात्र देशमा विकास सम्भव छ ।

एमसिसीले दिने रकम भन्दा बढी रकम यदि हरेक नेपालीबाट १००० का दरले उठाउने हो भने ३०० अर्ब रकम देश विकासमा नेपालीले लगाउन सक्छन् । भिख नै माग्ने हो भने जनतासंग माग एमसिसीको भन्दा ठूलो रकम उठ्न सक्छ ।

देशले सहयोग होइन हरेक नेपालीको पसिना माग्दै छ । देशको लागि जनताले यो योगदान दिन सक्छन् । तर यसको सट्टामा उद्योग बिस्तार गरेर हेर । देशले नसोचेको फड्को मारेर देखाउन सक्ने छ । सहयोग लिन्न भन्दैमा खाए खा नखाए घिच कसैले भन्नेवाला छैन । सहयोगको पछि स्वार्थ लुकेको देखिन्छ । यस्ता कुरा नबुझेको भए बुझ्ने प्रयत्न गर्नुस भन्ने आम नागरिकको गुनासो छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !