५ आश्विन २०८१, शनिबार

यस्तो शिक्षाले के देश अघि बढ्न सक्छ त ? कस्तो हुनुपर्छ शिक्षा प्रणाली ?


पठनपाठन

सिक्ने सिकाउने उमेर भनेको १४-१५ बर्षको उमेरमा हो यो उमेरमा प्रावधिक शिक्षा दिन सके जहाज पनि बनाउन सक्छन्, चलाउन पनि सक्छन् तर २२-२३ पुगेपछि सिकाएर पनि सिक्न सक्दैनन् । नेपालको शिक्षालाई सुधार गर्नुपर्छ ।

सानो उमेर देखि नै हामीले हरेक प्रकारको काम त्यो घडि पनि हुनसक्छ रेडियो पनि हुनसक्छ, ल्यापटप पनि हुनसक्छ, कम्प्युटर पनि हुन सक्छ, सिकाउनु सके देशले ठूलो फड्को मार्न सक्छ ।

नेपाली पिएचडी गरेर घरमा गुच्चा खेलाएर बस्नुलाई के शिक्षा भन्नु उपयुक्त छ । हामी बेरोजगार हुनुको रहस्य भनेकै यही हो यो कुरा सबैले बुझ्न आवश्यक छ । दिनु नै छ भने सानैदेखि टेक्निकल शिक्षा दिने गरौं ताकी उसले आफ्नो जिम्मेवारी वहन गर्न सकोस् ।

आज हरेक राष्ट्र टेक्निकल शिक्षाका कारण अगाडि छ । नेपाली युवा वैज्ञानिक विदेशीको शरणमा पुग्नुपर्ने अवस्था यो देशमा छ । शिक्षित युवा बेरोजगार छन् रोजगार दिने तर के को भन्ने बेला आएको छ ।

पढाउदैमा जिम्मावारी समाप्त भएको हुदैन त्यसका लागि काम गर्नुपर्ने हुनसक्छ । मलाई एउटा घटना याद आयो म मध्य प्रदेशबाट नेपाल फर्कदै थिए बाटोमा भोक लागेर हामी खान होटलमा पस्यौ त्यहाँ बिएस्सी गरेका नेपाली युवाले बेटरको काम गर्दा रहेछन् ।

नेपाली भएका नाताले सोध्न मनलाग्यो र सोधे उनी प्युठानका बासिन्दा रहेछन् । राम्रो काम लगाइदिने भनेर घरबाट त्यहीका युवाले यहाँ ल्याएर जागिर लगाइ दिएका रहेछन् ।

भाडा माझ्दा उनको हातमा घाउ खटिरा भएको देखेर मैले उनलाई सम्झाएर नेपाल जाउँ भनेपछि उनी अर्को पटक आउदा त्यो होटलमा थिएनन् यस्तो छ पढेका युवाको अवस्था ।

शिक्षा सानैदेखि टेक्निकल हुनुपर्छ र उस्ले आफ्नो विकास ठूलो हुँदा गरिसकेको हुन्छ । उसलाई कसैको साहाराको आवश्यक हुदैन । तर नेपाली युवा ठूलो हुँदासम्म बाबु-आमाको सहारामा बाचेको हुन्छ वा खाडी मुलुकमा गएर श्रम बेच्न बाध्य भएको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !