१४ बैशाख २०८१, शुक्रबार

बरपिपल, स्वामी नष्ट होइन बचाउने अभियानमा जुटौं !


बरपिपल, स्वामी

स्वास्थ्यका दृष्टिकोणले बरपिपल, स्वामी महत्वपूर्ण छन् यसमा दुईमत छैन । हामीले एउटा कुरा बुझ्न जरूरी छ कि यस्ता बोटबिरूवा हजारौं बर्षसम्म बाँच्ने गरेको हामी देख्न सक्छौं । बोटबिरूवाले कार्बनडाइअक्साइड लिने गर्छ भने अक्सिजन फाल्ने गरेको हुन्छ ।

बरपिपल स्वामीलाई धार्मिक महत्वमा राखिनुको रहस्य भनेको यही प्रमुख देखिन्छ । प्रात: उठ्नासाथ सवैभन्दा पहिले यिनै रूखको दर्शन गर्ने गरौं यसवाट हामीले प्राण वायु प्राप्त गर्न सक्ने छौं । स्वास्थ्य हाम्रो लागि महत्वपूर्ण छ। लामो आयु प्राप्त गर्न हामीलाई अक्सिजन आवश्यक हुन्छ ।

अक्सिजन पूर्ति गर्न हामीले सिलेण्डर होइन खुला हावा लिने बानी बसाल्नु पर्दछ । आज हामीले यस्ता साना-साना कुरामा ध्यान दिन नसक्दा हामी रोगको दलदलमा फस्दैछौं । हामीले खाने हरेक बस्तु विषादी छ यस्ता बस्तुले हाम्रो स्वास्थ्यमा ठूलो असर गरेको छ ।

मानिसको आयुलाई कम गराउन सवैभन्दा ठूलो भूमिका वायु प्रदुष्णलाई लिन सकिन्छ । वायुपछि हाम्रो खानपिन पनि प्रमुख छ । हामीले आफ्नो स्वास्थ्यप्रति ठूलो जोखिम उठाउने गरेका छौं । आज हरेक व्यक्ति कुनै न कुनै रोगको चपेटामा पुगेको हामी देख्न सक्छौं । यसको कारण भनेकै हावा पानी खाना सवै दुखित हुनु प्रमुख छ ।

हामीले आफ्नो उत्पादन नभई छिमेकीले व्यवसायीकरणका लागी गरेको उत्पादनमा लाग्ने गर्दा स्वास्थ्य जोखिम हुने गरेको छ । हामीले चाहेमा गमलामा तरकारी उत्पादन गर्न सक्छौ । हामी अल्छी हुनाले नै स्वास्थ्यलाई जोखिम बनाउदैछौं । अब समय परिवर्तनको हुदैछ । हामीले अरू परिवर्तन गर्न नसकेपनि स्वास्थ्यमा परिवर्तन गर्न जुटौं ।

हामीले बरपिपल स्वामी मात्र होइन आफ्नो स्वास्थ्यमा प्रयोग हुन सक्ने जडिबुटी पनि रोप्न सक्छौं । आज जडिबुटी लोपोन्मुख हुने अवस्थामा छन् । नेपालमा जडिबुटी लोपोन्मुख गराउन अरू कोही होइन हामी स्वयम दोषी छौं । हामीले आफ्नो स्वास्थ्य ठिक होस् भन्ने चाहना भए यस्ता जडिबुटीको साहारा लिन सक्छौं ।

आज कोरोना भाइरस जस्ता अनेकौं भाइरस मानव निर्मित भाइरसको चपेटामा हामी गइरहेका छौं । यस्ता भाइरसबाट आफुलाई बचाउन हामीले खानपिनमा र वायु प्रदुषणवाट रोक्न सक्नुपर्छ यसलाई हामीले मास्क प्रयोगमा पहिलो प्राथमिकता दिनुपर्छ ।

प्रदुषण वायुका कण हाम्रो स्वास मार्गको माध्यमबाट भित्र प्रवेश गर्नाले हाम्रो स्वास्थ्य खराब हुने गरेको हामीले बुझ्नुपर्ने समय आएको छ । यस्तो अवस्थामा एकमात्र विकल्प भनेको मास्क हो भन्दा फरक छैन । अब हामीले औषधि जडिबुटी नै सेवन गर्ने बानी बसाल्नु पर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !