रोग धेरै बढ्दो क्रममा छ हरेक व्यक्ति जोखिममा छ भनिएको छ । जोखिममा नहुने को त ? आज जस-जसले लापरबाही गर्दछन् ती सवै जोखिमको श्रेणीमा भए भने जोखिमभित्र नपर्ने को छ । मेरो भन्नुको अभिप्राय यो होकी जन्मेपछि मृत्युसम्म हरेक मान्छे जोखिमभित्र पर्छ तर त्यहाँ कसैको दखल हुदैन । तर आज मान्छे मार्न मान्छे नै लागेको छ त्यता कसैको ध्यान पुग्न सकेन ।
अहिले जतिपनि मान्छे मर्दैछन् यो सवै डर र त्रासका कारण मर्दैछन् । यदि हामीले हरेक मान्छेको दिमागबाट जोखिम नामको भुत हटाएर हेरौं मलाई लाग्छ काल गतिले बाहेक अन्यकारणले कोही मर्ने छैन । आज नोबेल कोरोना नामक भुतले सबैलाई तर्साइ दिएको छ । मनोबल कमजोर बनाइ दिएको छ । जसको कुनै औषधि नै छैन तर मान्छे स्वस्थ हुदै घर फर्कदैछन् के तिनीहरू जोखिममा थिएनन् त ? यो सवै पैसाले मात्र सम्भव भएको हुन सक्छ ।
हामीले हमेसा आफ्नो लागि सोच्ने गरेका छौं किनभने स्वार्थले आज जन्मदेखि मृत्युसम्म मान्छेलाई पुर्याई दिएको छ । आज पैसाले नै मान्छेलाई मृत्युको काखमा सुताइ दिन बाध्य बनाई दिएको छ । चीनले होस् या अमेरिकाले किन नहोस् स्वार्थ पुरा गर्न कृतिम भाइरस बनाएर फाल्ने गरेको छ यो सवै केवल पैसाका लागि हो । कमजोरलाई मारेर आफु ठूलो बन्ने सोच हो तर यस्ता धुर्तका कारण आज मान्छेलाई बलिको बकरा जस्तै बनाइएको देखिन्छ ।
आज कमजोर मान्छे मर्छ चाहे छिमेकी देश नै किन नहोस् आफ्नोमा गाभ्न यस्तो गलत हर्कत गर्न सक्छ । यो सवै स्वार्थमा डुब्ने मान्छेले गर्छ जसमा धर्म संस्कृति हुदैन उ आफ्नै धर्ममा रोमलिएको हुन्छ । राम्रो कामको लागि गरिएको स्वार्थ भनेको यही हो ।
हामीलाई नोक्सान भएर के भयो जस्ले यस्तो घटिया काम गरेको छ । उसले आफ्नो जनताको लागि गरेको हुन सक्छ । यहाँ हाम्रा लागि गर्ने सायद कोही बच्ला नबच्ला आफ्नो ठाउमा छ । बाँचे आफ्नो लागि गर्ला त्यसैले आज हामीले सिङ्गो मुलक बचाउन केहि गर्नुपर्ने समय आएको छ । धर्म छाडाहरूको आशामा होइन ।
आज सरकारले एक पैसा नलिइ केहि गर्न सक्दैन भने सवैभन्दा ठूलो जोखिम जनतालाई रहेछ । जनताको सेवा गर्ने आज कोही देखिएको छैन । घर सम्पत्ति यदि बचाउनु छ भने लापरबाही नगर्नुस गर्न नदिनुस यही नै सवैभन्दा ठूलो उपलब्धि हुनेछ । उपचार गराउनुस् तर हेरेर तपाइको सानो गल्तीले पछुताउनु सिवाय केहि रहने छैन ।
उपचार एउटा पाटो छ भने माध्यम धेरै छ । हामीले विज्ञानलाई नमान्नुस् भन्न खोजेको होइन यदि विज्ञान नभइदिएको भए अनावश्यक अंग फालेर मान्छेलाई राहतको सास बाच्न सफल बनाउने अन्य माध्यम केहि थिएन । आज हाम्रो सामु प्रकृतिले जडिबुटी दिएको छ इनै जडिबुटीबाट औषधि बनेर हाम्रो सामु आएका छन् । हामीले यदि अरूको उत्पादनलाई आत्मासाथ गर्दै हिड्छौं भने यसको नकरात्मक असर धेरै देखिन सक्छ ।
विकास गर्न अरूलाई पर्खने बानीले गर्दा आज हामी धेरै पछाडि पर्दैछौं। विकास गर्न र जनताको जिउ ज्यान बचाउने काममा हामी सवै लाग्नुपर्छ । उत्पादन आफ्नो हुनुपर्छ अरूको होइन । मैले यस अघि एउटा मार्मिक लेख पोष्ट गरेको थिए राम्रो काममा कसैको ध्यान नपुगेको पाए यो दु:खद हो । लेखले भन्न खोजेको कुरा हामीले बुझ्न सके मात्र उपलब्धि हुनेछ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।