७ मंसिर २०८१, शुक्रबार

कोरोनारूपी मनको बाघले उब्जाएको मनोवैज्ञानिक त्रास


कोरोना संक्रमित

यो डर अजीबको रहेछ । रोग लाग्नुको कारण पनि डर नै रहेछ । एकजना डाक्टरले मलाई मर्न मन थिएन तर डराई-डराई अरूलाई उपचार गराउन लाग्दा जिन्दगीदेखि नै दिक्क लागेर आयो र सुसाइट गरे भनेर लेख्नु भएको रहेछ ।

यो डरलाई हामीले जबसम्म हटाउन सक्दैनौं भने हामी कोरोनालाई परास्त गर्न पनि सक्ने छैनौं । आज विश्वभर कोरोनारूपी डरले हरेक मान्छेलाई त्राहिमाम परिरहेको छ । आज मेडियाले दिएको जानकारी अनुसार सुन्दा मान्छे धेरै नै डराएको अनुभव हामी लिन सक्छौं ।

अस्पताल आउने विरामी यदि त्यो कोरोना हो भने डाक्टर, नर्सको पल्सरेट अवश्य बढेको हुनसक्छ । हामीले सहज अनुमान लगाउन सक्छौं । डररूपी यो रोगको सवैभन्दा ठूलो खोप भनेको कोरोनारूपी डरलाई सदाका लागि मनबाट हटाउ नु।

हामीले माक्स लगाउछौं पिपि लगाउछौं हरेक तरिकाबाट हामीले देख्छौ शायद अब रोग सर्ने सम्भावना हटेर गएको त छ तर हामीले सवै गरेपनि त्यो मस्तिष्कमा भएको डरलाई नत मास्क लगाउन सक्छौं नत कोतारेरनै फाल्न सक्छौं ।

यो डर भगाउन हामीले सवैभन्दा पहिले कोरोना नामको सार्सलाई मेडियाबाट फाल्नुपर्ने हुन्छ । रोगी जब हस्पिटल पुग्छ उसको गोप्य रेकड राखेर उपचार गराउने काममा जुट्न सक्नुपर्छ । यसले धेरैको दिमागबाट भ्रम फाल्न सक्नेछ ।

एकपटक हामीले डरको बारेमा एउटा अनुसन्धान गरेका थियौं एउटा टोकरीमा १०० को नोट र अर्को टोकरीमा ५० को नोट राखेर बाहिर लेखौं १०० को नोटमा कोरोनाका जीवाणु छ तर पचासको नोटमा छैन भनेका थियौं ।

मैले गरेको अनुसन्धानमा वडा नम्वर ७ बाट दुईजना अनिल गुरूङ र नारायण न्यौपानेलाई छनोट गरेर सोधेको प्रश्नमा उहाहरूले १०० रूपया लिनुपर्ने मा ५० को नोट नै चयन गर्नु भएको थियो । हामीले यदि यो डरलाई जबसम्म पाल्न सक्दैनौं तबसम्म हामीले खोप बनाएपनि यो रोगको डरलाई मस्तिष्कबाट हटाउन सक्ने छैनौं ।

उपरोक्त अनुसन्धानले यो कुराको संकेत गर्दछ की मान्छे रोगदेखि डराएको हुन्छ । जबसम्म हामीले यसको उपचार गर्न सक्दैनौं तबसम्म हामीले उसको उपचार गरेर उसको मस्तिष्कमा भएको फोहरलाई हटाउन जुट्दैनौं तबसम्म हामी रोगको उपचारमा सफल हुने छैनौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !