१२ बैशाख २०८१, बुधबार

माया-प्रेम होस् त ढुकुरको जोडी जस्तो

ढुकुरको जोडीको माया-प्रेमको रोचक कहानी


ढुकुरको जोडी

ढुकुरको कहानी रोचक छ । एकपटक ढुकुरले ढुकुरनीलाई सोध्छे प्रिय तिमीले म मरेपछि अर्को जोडी साथी लिनु भनेर ढुकुरले भन्छ । यो सुनेपछि म मर्छु तर म यसो गर्न सक्दिन भनेर उसले भन्छे । यो कुरा सुनेपछि ढुकुरलाई यो कुरामा पुरा विश्वास भएको हुदैन ।

एकदिन ढुकुरले सोध्छ मलाई मन नपरे अर्कोसंग जान्छौ की भन्ने प्रश्नमा ठिक छ हजुले त्यस्तो भन्नुहुन्छ भने मेरा पखेटा काटी दिनुस् र हेर्नुहोस् न भनेपछि उसले दुबै पखेटा काटिदिन्छ । एकदिन ठूलो हुरी-बतास आएको हुन्छ । यो देखेपछि ढुकुरनीले ढुकुरलाई भन्छे प्रिय म उड्न सक्दिन तपाईं जानुस् आफ्नो ज्यान बचाउनुस् भनेपछि ढुकुर उडेर अन्तै जान्छ ।

हावाहुरी बन्द भएपछि उ आफ्नो जोडी भएको ठाउँमा आइपुग्छ तर त्यत्यहाँ ढुकुरनी मरिसकेकी हुन्छे त्यो देखेपछि बल्ल ढुकुरलाई पछुतो मान्दै एकल जीवन कटाउदै जान्छ । शंकामा कारण आज साथी गुमाउनुको पिडा हामीले बुझ्न सक्छौं । परिवारमा झै झगडाले यस्तो हुन सक्छ शंकाका कारण ढुकुरले साथी गुमाउनु पर्यो ।

हामीले प्रेमको परिभाषा ढुकुरको जोडीबाट सिक्नुपर्छ । ढुकुर जन्मेको १ बर्षभित्र यौन परिपक्व हुन्छन् । तिनीहरू मुख्यतया: बसन्त ऋतुमा उनीहरुको मिलन हुन्छ भने बर्षभरी युवाहरुको जोडी तयार गर्दछन् । गुड बनाउनेदेखि सवै काम मिलेर गर्छन् ।

भालेले पोथी फकाउन जोड-जोडसंग गीत गाउने गर्छ यो सुनेपछि पोथी आकर्षण हुदै जान्छे र अन्तमा संगै बस्ने गर्छन् । यिनीहरूले प्रेममा कुनै कमि नहोस् भन्नाका लागि भालेले सधैजसो पोथीलाई माया गरिरहेको हुन्छ । एउटा मरेपनि अर्कोले साथी चुन्दैन बरू मर्छ । यिनीहरूको प्रेममा कसैको दक्खल हुदैन ।

मानिसमा शंका उपशंकाका कारण आज घरमा शान्तिमा तगारो हुने गरेको हुन्छ । हामीले एक आपसमा विश्वास दह्रो बनाउदै जाने हो भने जीवनमा कहिलै झै झगडा हुने छैन । प्रेममा शंका गर्नु पक्कै पनि राम्रो होइन ।

हामीले शंकाका कारण अनेकौं घर बरबाद भएको देखेका छौं । हामीले आफ्नो जोडी ठिक हुँदाहुँदै अरूसंग हिड्ने गरेका हुन्छौं । आफ्नो साथीलाई चिटिक्क बनाएर घुमाउन लग्छौं भने यसको मजा नै अर्को हुन्छ । हामीले अरूसंग बसेर खानुको सट्टा आफ्नो परिवार संगसंगै बसेर खान्छौं भने यसको मजा नै अर्कै हुन्छ ।

जीवन सफल हुनको लागि परिवारमा प्रेम दहरिलो हुनुपर्छ । श्रीमतिले श्रीमानलाई र श्रीमानले श्रीमतिलाई शंका गर्ने बानीले सन्तानमा ठूलो प्रभाव पर्न सक्छ । घरलाई स्वर्ग बनाउन सवैभन्दा ठूलो हात परिवारको हुन्छ । जुन घरमा झै-झगडा दैनिक हुन्छ त्यो परिवारमा सन्तान पनि त्यस्तै खालको जन्मने हुन्छ ।

झगडाको जड भनेको यौन असन्तुष्टि पनि एक हो साथीको चाहना पुरा हुन्छ भने साथी छोडेर अन्त कोही हिड्न सक्दैन यो कुरा दुवैले बुझ्न जरुरी छ । आज हरेक घरमा शान्ति नहुनुको पछाडि मायामा कमी हुनु पनि एक हुन सक्छ । त्यसैले परेवाको जोडी जस्तै प्रेम गर्ने बानी बसालौं यही नै वास्तविक सुखको आधार हुनेछ ।
 ढुकुरको जोडी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

बाघको यौन चाहनाबारे छोटो रोचक तथ्य जानौं

भगेराको यौन क्षमताबारे रोचक तथ्य जानौं


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !