४ बैशाख २०८१, मंगलबार

भगेराको यौन क्षमताबारे रोचक तथ्य जानौं


भगेराको यौन क्षमता

भगेरा यौटा यस्तो चरा हो, जो मानिसको सामिप्यमा रहन मन पराउने चराचुरुंगी अन्तर्गत पर्दछ । यो जातको चराको यौन क्षमता अद्भूत खालको हुने गर्दछ । यो चराले दिनमा २,३ सय पटकसम्म यौन चाहना मिटाउने गर्दछ । यसको यौन क्षमताबारे सुन्दा अचम्म लाग्न सक्छ ।

संसारमा सवैभन्दा यौन क्षमता बढी भएको चराचुरूङ्गीमा भगेरालाई लिइएको छ । एकदिनमा धेरै पटकसम्म सेक्स गर्न सक्ने क्षमता हुन्छ । भगेराको बारेमा धेरै अनुसन्धानबाट नयाँ कुरा पत्ता लागेको छ त्यो हो पोथी भगेराको कार्य कुशलता । यौन चाहना जति बढायो त्यति नै बढ्ने हो यसमा कुनै शंका छैन ।

पोथी भगेराका कारणले गर्दा नै भाले भगेरामा यस्तो अद्भूत यौन क्षमता जागेको हुन सक्ने जडिबुटी विज्ञको मत छ । जब हामीले कुनैपनि बस्तुलाई बढी युज गर्छौं भने त्यसको कार्यक्षमता बढ्ने हुन्छ । यो कुरा भगेरामा गरिएको एक अध्ययन देखाएको छ ।

बसी रहने मान्छेको तुलनामा काम गर्ने मान्छेको कार्य क्षमता तिब्र हुन्छ । एउटा महिलाले आफ्नो पार्टनरलाई आवश्यकताको समय मा जसरी पनि तयार गर्न सकेको हुन्छ । एक थोपा ब्रीर्य बन्न १०० थोपा रगत खर्च हुन्छ भन्ने मान्यतालाई यदि हामीले मान्छौं भने यो सरासर गलत हुनेछ ।

कुनै पनि अंगको कार्यक्षमता तिब्र बनाउन युज गर्नुपर्ने हुन्छ । जति-जती हामीले त्यो अंगलाई बढी युज गर्दै जान्छौं भने त्यसमा बढी रगत ब‍न्दै जान थाल्दछ । युज गर्ने अंगको तुलनामा नगर्ने अंगको कार्यक्षमता कम हुदै अन्तमा समाप्त हुन थाल्दछ ।

हामीले खाना खान्छौं खाएको खानाबाट नयाँ रगत प्राप्त गर्छौं । ब्रीर्यको पनि त्यहिहो जति आवश्यक हुन्छ त्यति बन्छ जति प्रयोग हुदैन बन्ने प्रक्रिया रोकिदै जान थाल्दछ । यौन चाहना जति गरीव त्यति हुने कुरा देखाउदछ । प्रकृतिले हाम्रो शरीरलाई जसरी प्रयोग गर्न चाहेपनि हुने गर्दछ ।

हाम्रो हिन भावना र सोच्ने प्रक्रिया नै गलत भएमा हामीले केही गर्न सक्ने छैनौं । यो शरीर जस्तो चाहेतापनि त्यस्तै अवस्थामा ढाल्न सक्ने छौं । हामीले शरीर कमजोर हुन्छ भन्ने हिनभावना पालेकाले यो सवै देखिएको हो भन्ने केहीको मान्यता छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !