१२ बैशाख २०८१, बुधबार

वायु प्रदूषण र मानव स्वास्थ्य


वायु प्रदूषण

मानव स्वास्थ्यमा यसको ठूलो असर हुने सम्भावना बढ्ने संकेत देखिन थालेको छ । हिजो हामी कावासोती तर्फ प्रस्थान गर्यौ बाटोमा देखिएको प्रदूषणले आँखा पोल्ने चिलाउने जस्तो असर देखिएको थियो । वायु प्रदूषण अझ बढ्दै गएमा यसले मानव स्वास्थ्यमा ठूलो असर पार्न सक्ने देखिएको छ ।

मैले सोधेको प्रश्नमा प्रदूषणको कारण बाटो त होइन भन्ने प्रश्नमा बाटो बनाउने क्रममा यसले धुलो बढाएको हुन सक्ने कुरा डा. राजन पौडेलले भन्दै हुनु हुन्थ्यो । हरेक नागरिक यसमा सचेत नभए रूघाखोकी, दम र आँखाको समस्या बढ्ने कोरोना भन्दा अझ खतरा यसलाई मान्नुपर्ने समय आएको छ ।

स्वस्थ रहन जति आवश्यक खानाको छ त्यो भन्दा बढी वायु प्रदूषणबाट आफुलाई बचाउनु पर्ने समय आएको छ । तर वायु नै प्रदूषण भइदिए यसले मानवलाई के कस्तो असर हुन सक्छ भन्ने कुरा केहि दिनमा अझ बढ्न सक्ने देखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १० जना मृतकमध्ये १ जनाको मृत्यु वायु प्रदूषणका कारण ज्यान जाने गरेको जनाएको छ । कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित एउटा अध्ययनमा यो कुरा बताइएको छ । वायु प्रदूषणका कारण हुने मृत्युको संख्या धूम्रपान भन्दा धेरै भएको उक्त अध्ययनमा उल्लेख गरेको छ ।

यस्तो बेला विभिन्न भाइरस र ब्याक्टेरियाका लागि अनुकूल समय मानिन्छ । यदि पानी नपरी यहि अवस्था रहे मानवीय स्वास्थ्यमा ठूलो असर हुन सक्ने देखिन्छ । यसले दम, क्रोनिक अब्सट्रक्टिभ ब्रोङकाईटिस, एलर्जिक ब्रोङकाईटिस, ब्रोङ्कल आज्मा लगायत रोग उत्पन्न गराउन सक्ने चिकित्सकहरूले भनेका छन् ।

स्वास्थ्यप्रति हरेक नागरिक सचेत हुनुपर्ने चिकित्सकले बताउने गरेका छन् । यदि यसो गरिएन भने भविष्यमा ठूलो रोगको चपेटाबाट आफुलाई बचाउन गारो हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !