७ पुस २०८१, आइतबार

प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे के हो ? यो किन मनाइन्छ ?


भ्यालेन्टाइन

प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ । विशेष गरी यो १४ फेब्रुअरीका दिन यो दिवस मनाइने गरिन्छ ।

भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम अक्सीजन जतिकै हो । यो एकदमै अनियंत्रित पनि हुन्छ । कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि त हुदैन् प्रेम गर्नका लागि कुनै सीमितता छैन् यो त एउटा बाँच्ने आधारशिला हो । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन् भने जिउनुमा कुनै सार्थकता हुदैन्थ्यो होला ?

प्रेम दुई विपरित लिङ्घी वीचको मात्र होइन् वास्तवमा प्रेम त परिवारसंग हुन्छ, साथीहरुसंग हुन्छ, आफना प्रियजनहरुसंग पनि त हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ । प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई बर्षाै आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण दिन हुने गर्छ ।

भ्यालेन्टाइन डे इस्वी संवत् २६९ बाट इटालीको रोमवाट सुरु भएको हो । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको यस भ्यालेन्टाइन डे को इतिहास सम्झनुपर्दा एक जना रोमका सम्राट्ले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरू मार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे ।

सम्राट्को आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङघन गरेको थियो । एक जना सर्वसाधारणले आ रु नो आदेशको उल्लङघन गरेको कारण सम्राट्लाई सहृय भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिइएको दिन १४ फ्रेबुरअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो ।

युवायुवतीमा एक प्रकारको विकराल रुप देखा पर्न थालेको छ । जर्बजस्ती प्रेम गर्नेको होड चलेको छ । बदला, झगडा गर्ने, कुलतमा लाग्ने मंहगा विलासीका सामाग्रीहरु आदानप्रदान होटलहरु जाने विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोज मोस्ती गर्नेजस्ता विकृतिहरु देखिन्छन् ।

कुनै पनि पर्व मनाउनु नराम्रो होइन् त्यो पर्वलाई हामीले कसरी मनाइन्छ भन्नेमा भर परेको हुन्छ हुन त यो प्रणय दिवस पश्चिमी संस्कृति हो यो संस्कृतिको केही राम्रो पक्ष भएता पनि अहिलेका आधुनिक युवापुस्तामा एकदमै विकृति फैलाएको पाउछौ । यसले गर्दा आधुनिकता संगै युवायुवतीले संस्कृति जर्गेना भन्दा पनि विसङगती भित्राएका छन् ।

आखिर माया गर्नेहरुका लागि सधै प्रेम दिवस नै हुन्छ तर पनि यो पश्चिमी संस्कृति संगै भित्रिएको यो दिवसले कैयौ युवापुस्ताको जीवन नारकीय बनाएको छ । उनीहरुमा एक अर्कोमा देखासिकी को प्रवृत्ति बढेको पाइन्छ । पश्चिमी सभ्यताको यो चाडले विस्तारै हाम्रो देशमा पनि प्रवेश गरेसंगै आज हाम्रा मूल्य मान्यता, संंस्कार र परम्परा खण्डित भैरहेका छन् । आधुनिकता र देखावटीपनको चकचकी बढदो छ माया प्रर्दशन गर्नेहरुको होड नै चलेको छ । गर्लफ्रन्ड र ब्याइ फैन्ड बनाउने त फेसन नै चलेको छ ।

भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ । यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो । रङको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा गुलाफी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । अर्थात् मेरो मुटु तिम्रो लागि हो ।

पहेँलो गुलाफ मित्रताको प्रतीक मानिन्छ । फ्रेण्डसीप डे अर्थात् मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ तर पनि हिजोआज मित्रताको प्रतीकका रूपमा भ्यालेन्टाइन डे मा पनि यसको प्रयोग हुन थालिसकेको छ । सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयले दिइन्छ । भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूर्ण भूमिका खेल्छ । कालो गुलाफ बिदाइको प्रतीक मानिन्छ । यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएमा आफ्नो कार्य पूरा हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !