७ मंसिर २०८१, शुक्रबार

नागरिक किन राजा आउ देश बचाउ भन्दैछन् ?


राजा ज्ञानेन्द्र

जनताले परिवर्तन चाहेका थिए । परिवर्तन त भयो तर देशमा समाप्त पारेका उद्योग कलकारखानाको भएन । हरेक परिवर्तनको पछाडि नागरिकको हितमा पनि ध्यान जान जरूरी छ । आज हामीले १७ हजारको वलिदानबाट प्राप्त लोकतन्त्रको मर्मलाई नबुझ्दा पुन परिवर्तन जनताले चाहन थाले । अब हात थापेर विकास सम्भव छैन विकासमा सबैको ध्यान पुग्न आवश्यक छ ।

आज युवा पलायन भएका छन् । देशमा सत्ता साझेदारी छ तर देशमा उद्योग कलकारखाना भए युवा बेरोजगार रहने थिएनन् तर यता ध्यान कसैको पुग्न सकेन । युवा-युवती वेरोजगार बन्ने लहर घट्ने होइन बढ्दै गयो । युवा-युवतीहरू विदेशमा लुटिन गला रेटिन बाध्य भएका देखिए यो नितान्त गलत थियो ।

युबालाई १५ लाख विना धितो वा व्याजमा ऋण दिएर युवा बेरोजगार समाप्त कदापि हुनेवाला छैन । बरू बाउ-बाजेले आर्जेको सम्पत्ति नै लिलाम हुन सक्छ । यसको उदाहरण धेरै दिन सकिन्छ । आज परिवर्तनको नाममा युवालाई पैसा दिएर ठोस् उपलब्धि हुने छैन बरू यसले अर्को समस्या निम्तने खतरा बढ्नेछ ।

नेपालका राजनीति दल जसरी च्याउ उम्रेजस्तै उम्रदैछन् । यसले देशको विकास त होइन अशान्ति निम्ताउने खतरा भने बढ्ने देखिन्छ । हरेकले देशको विकासमा जोड दिन नसकेको देखिन्छ । यहाँ पारदर्शी नेताको अभाव महसुस हुदैछ ।

हिजो राजाका पालामा यिनै जनताले दिएका करबाट देशमा उद्योग खुलेका थिए तर अहिले उठेको कर राजनीति भरण-पोषणमा समाप्त पारिदैछ । देशको विकास यसरी के सम्भव छ। आज देशमा बेरोजगार दिन प्रतिदिन बढ्दैछ । यो सिलसिला नरोकिने झन बढ्दै जाने देखिन्छ ।

नेपाली जनता राजनीतिका खेतला बन्दै गए यहाँ जनता छैनन् । यहाँ विकासको कुरा निकाल्दा कता पार्टीले कार्वाही गर्ने पो हुनकी भन्ने डरले जनताले विकासको आवाज निकाल्न सकि रहेका छैनन् । यस्तो पाराले देशमा परिवर्तन सम्भव छैन।

आज मेडियामा जुन किसिमले आवाज आएको छ । राजा आउ देश बचाउ भन्नुको पछाडि उद्योग कलकारखाना बेरोजगारको अन्त जस्ता विषयमा बढी चासो दिएको पाइन्थियो । नेपाली कामदारको अभावमा बंगलादेशी नागरिकलाई काममा लगाएको पाइन्थ्यो । तर अहिले नेपाली कामको तलासमा भड्किरहेको अवस्था छर्लंग छ ।

शायद यही कारणले राजा आउ देश बचाउ भन्दै सडक तताउन लागेको सहज अनुमान लगाउन सकिन्छ । अब जनता राजनीति दलको पछि होइन जसले बन्द उद्योग खोल्छ जसले देशमा बेरोजगारको अन्त गर्ने काम गर्छ उसको पछि लाग्नु नै ठोस् उपलब्धि हुने कुरा वर्तमान अवस्थाले देखाएको छ । यसमा राजा नै चाहिन्छ भन्ने होइन तर विकल्पको रुपमा राजा नै आउनुपर्ने भएको देखिन थालेको छ ।

आजको लेखमा राजा ज्ञानेन्द्र सरकारको विषयमा पनि केही लेख्न मन लाग्यो राजाले हमेसा प्रजाको हितमा सोच्ने गरेका हुन्छन् यो कटु सत्य हो । राजाले सामान्य आन्दोलन हुँदा जनताको नासो जनतालाई भन्दै यति सजिलै राजगद्धी त्याग्नु महान् भएको संकेत हो । आज ठुला आन्दोलन भए राजनीतिमा को मर्छ को मर्दैन खासै स्वाद नभएको आफ्नै स्वार्थमा लिप्त भएको देखियो ।

सत्तासीन पार्टी नै सडक तताउन व्यस्त छ । तर देशको विकास होइन कुर्सी प्राप्त गर्ने होडमा सवै लाग्दैछन् । हिजो जनताले ३०% होइन राजाले नै १००% लगायर विकास गरेकै हुन तर आज यस्तो खासै केहि नदेखिएको सर्बवितितै छ । हामीले चाहेमा आमूल परिवर्तन गर्न सक्थे तर स्वार्थमा डुब्दै गर्दा यस विषयमा ध्यान दिन सकेनौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !