७ बैशाख २०८१, शुक्रबार

किन धर्मको आचरण र कर्तव्य पालन गरिनुपर्दछ ?


ॐ_हिन्दु

किन धर्मको आचरण र कर्तव्य पालन गरिनुपर्दछ ?

अनि सवै सांसद, सभासद र सवै तहका विधायकहरूलाई देवर्शी नारदको चुनौती

श्रेयान्स्वधर्मो विगुण: परधर्मात्स्वनुष्ठितात् ।
स्वधर्मे निधनं श्रेय: परधर्मो भयावह: ।।
(श्रीमद्भगवत गीता)

अन्य धर्माचरण भन्दा केही अभावहरू छन् भने पनि आफ्नो सनातन धर्मको अभ्यास र आचरण गर्नु श्रेष्ठ कर्म हो, अरूको धर्म र कर्तव्यमा लागेर जीवित रहनु भन्दा आफ्नो धर्म र कर्तव्य पालना गर्दागर्दैको मृत्यु श्रेयष्कर हुन्छ ।

धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः ।
तस्माद्धर्मो न हन्तव्यो मा नो धर्मो हतोऽवधीत् ।।

(महाभारत यक्ष युधिष्ठिर संवाद )

धर्मलाई नास गर्ने र आफ्नो कर्मबाट अलग अर्थात् कर्तव्यच्यूत व्यक्तिलाई आफूले नष्ट गरिएको धर्म र आफूले परित्याग गरेको कर्तव्यले नै उसको नास गर्ने भएकोले आफ्नो धर्न र कर्मबाटच्यूत हुन हुँदैन I
वास्तवमा धर्मलाई त नष्ट गर्न नै सकिन्न, कसैले नष्ट गर्ने दुष्कर्म मात्रै गर्न सक्दछ ।

यत्र धर्मो ह्यधर्मेण सत्यं यत्रानृतेन च ।
हन्यते प्रेक्षमाणानां हतास्तत्र सभासदः ।।
(नारद स्मृति )

जुन सभा र सदनमा सभासद वा सांसदहरूकै अगाडि अधर्म र असत्यले धर्म र सत्यमाथि आक्रामण हुँदा पनि हेरेर मौन बस्ने सभासद,विधायक र सांसदहरू मुर्दातुल्य हुन् ।

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !