१३ बैशाख २०८१, बिहिबार

गाजाको प्रयोग र मानव स्वास्थ्य


गाजा

गाजालाई स्वास्थ्यको दृष्टिकोणले लागुऔषध माने पनि मानवको लागि जीवन दाताको रूपमा लिने गरिएको छ । गाजाबाट थुप्रै औषधि बनेर नेपालमा भित्रने गरेको पाइन्छ । हाम्रो देशको गाजा विश्वको अन्य मुलुकको तुलनामा भन्दा धेरै राम्रो भनेको छ । आज गाजाको खेती गरेर मनग्गे आम्दानी लिन सकिने भएको छ ।

लागुऔषध त्यस्तालाई मान्नुपर्छ जसको प्रयोगले मानव स्वास्थ्यमा नकरात्मक प्रभाव पार्दछ । गाजालाई बुद्धिबर्धक औषधिको रूपमा लिइएको छ । गाजाको नसाले मानिसको मनमा एक प्रकारको डर बनाएको हुन्छ । जाँड रक्सीको नसाले गलत काममा उक्साउने गर्छ भने गाजाले ठिक विपरीत काम गर्छ । मान्छेलाई गलत काम गर्नबाट रोक्न गाजाले महत्वपूर्ण भूमिका खेल्ने गरेको हुन्छ ।

यदि सरकारले गाजा खेतीलाई आफ्नो निगरानीमा राखेर उत्पादनतर्फ लाग्छ भने अन्य देश जस्तै मनग्गे डलर भित्राउन प्रशस्त सम्भावना यो पदार्थमा देखिएको छ । हामीले परिवर्तन चाहदैमा हुने होइन तर आज परिवर्तनको नाममा दिन दिनै अपराधका घट्नामा वृद्धि भएको हामीले देखिरहेका छौं । यो सबैको पछाडि गाजा होइन जाँड, रक्सी, वियर दोषी देखिन्छ । यस्ता पदार्थलाई खुलेआम बेच्ने गर्दा यस्ता घटनामा वृद्धि भएको छ ।

यदि हामीले सिस्टमको विकासमा जोड दिदै हरेक वस्तुको सेवन गर्ने समय सिमा तोकेर प्रयोगमा ल्याउन सक्छौं भने मलाई लाग्छ धेरै राम्रो गर्ने छौं । औषधि जुनसुकै किन नहोस् लापरबाहीबश चलाउने गरिन्छ भने यसले नोक्सान अवश्य गर्दछ । हरेक बस्तु प्रयोगमा ल्याउदै गर्दा यसले के कस्तो असर हुन सक्छ भन्ने कुरामा सुसूचित गर्दै अघि बढ्न सके गलत हुनबाट रोक्न सकिने छ ।

कुनै पनि बस्तुको सेवन गर्नुपूर्व हामीले त्यो बस्तुको प्रयोग गर्दा हुन सक्ने असरबारे पुर्ण जानकारी हुन आवश्यक छ । यसरी जानकारी भएको खण्डमा त्यस्तो वस्तुको प्रयोग सोतह घट्दै जान सक्ने देखिन्छ । सरकाले गलत बस्तुलाई प्रयोगमा ल्याउन कडा कानुन बनाएर अघि बढ्न सके ठूलो उपलब्धि हुने छ ।

गाजाको अनावश्यक प्रयोगका कारणले आज नेपालीलाई गाजा उत्पादनमा रोक लगाउने गरेको पाइन्छ । गाजालाई अंग्रेजीमा कैनाबीस, मेरिजुआना, वीड आदि नामले चिनिने गर्दछ । यो नेपाल र भारतमा बढी हुने गरेको छ । यो लागु पदार्थको रूपमा सरकारले राखेको छ । सहि तरिकाबाट यसको प्रयोग गर्न सके यसबाट नेपालीको जीवनस्तर उठाउन सकिने भएको छ ।

तर गाजाको सेवनले आजसम्म कोही मानिस मरेको भन्ने खबर मेडियामा नआएको र यसवाट थुप्रै औषधि बनेर नेपाल भित्रने गरेकाले यस्ता औषधि स्वदेशमै निर्माण गर्न सके अल्जाइमर, ग्लुकोमा, छारे रोग जस्ता अनगिन्ती रोग यो औषधिको प्रयोगबाट निको हुन सक्ने भएकाले देशले फाइदा उठाउन सक्नुपर्छ ।

आज हाम्रो देशमा गाजाको खेती गर्न सके बाझो जमिनबाट मनग्य आय लिन सकिन्छ । गाजा बहुउपयोगी औषधि अन्तर्गत पर्दछ । गाजाबाट बनेको औषधि भारतबाट नेपाल आइरहेको छ । नेपालको गाजा सवैभन्दा राम्रो भन्ने कुरा पहिले नै प्रमाणित भइसकेको छ ।

गाजामा टेट्राहाइड्रोकार्बनबिनोल पाइन्छ भने यसलाई छोटो शब्दमा टीएचसी नामले पनि पुकार्न सकिन्छ । गाजालाई आयुर्वेदिकमा ठूलो औषधि मानेको छ । कुनैपनि बस्तुलाई बढी प्रयोग गरिन्छ भने त्यसले नोकसान गर्न सक्छ । आउनुस् यसको प्रयोबाट के कस्ता रोग निको पार्न सकिन्छ जानौं ।

यस्ता छन् गाजाको फाइदाहरू

१. २०१३ मा भजिनियाको कॉमनवेल्थ यूनिवर्सिटीमा गरिएको रिसर्च अनुसार गाजामा पाइने एक प्रकारको तत्वले एपिलेप्सी (मिर्गी, छारे रोग) को Attack लाई रोक्ने क्षमता यसमा छ । यो कुरा साइन्स पत्रिकामा पनि छापेको छ ।

२. ब्लड सुगरका कारण भएको (Glaucoma ) आँखा सम्बन्धित रोग यसको प्रयोगले राम्रो फाइदा गर्दछ भनेको छ । अमेरिकाको नेशनल आई इंस्टीट्यूटको भनाइमा गाजाको सेवनले यो रोग निको हुन सक्ने कुरा उल्लेख गरेको छ ।

३. अल्जाइमरसंग सम्बन्धित पत्रिकामा छापेको शोध अनुसार गाजामा पाइने टेट्राहाइड्रोकैनाबिनॉलको सानो मात्रा सेवन गराउनाले अल्जाइमर जस्ता रोग निको हुने बताएको छ ।

४. २०१५ मा क्यान्सरसंग लड्ने क्षमता गाजामा भएको पत्ता लागेको थियो । अमेरिकी सरकाको वेबसाइटको भनाइमा कैनाबिनाएड्स भन्ने तत्वले क्यानसरका कोसिकालाई मार्न सक्ने क्षमता यसमा पाइएको छ भनेको छ ।

५. थुप्रै शोध अनुसार कीमोथैरेपीको साइड इफेक्टलाई समेत यसले फाल्ने काम गर्दछ । कीमथोरैपीको साइड इफेक्टकपमा नाकबाट पानी बग्नु, उल्टि हुनु, भोक नलाग्नु जस्ता समस्या देखिने गर्दछ । अमेरिकामा एफडीए विभागले यस्ता विरामीलाई गाजाको सानो मात्रा दिन मनजुरी गरेको थियो भनेर उल्लेख गरेको छ ।

नोट : हाम्रो उद्धेश्य जानकारी पस्कनु हो । जुन बस्तुको उपयोगले देशलाई मनग्य फाईदा देखिएको छ । यस्ता वस्तुको उत्पादन गरेर देशलाई सुजर लेण्ड बनाउन सकिन्छ भने यसको फाइदा हामीले किन नउठाउने सरकारको ध्यानाकर्षण गराउन चाहांन्छौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !