३० कार्तिक २०८१, शुक्रबार

लोकतन्त्र किन असफल हुने अवस्थामा आउदैछ ?


लोकतन्त्र

एक जना बैद्यले रोगको उपचार गर्न जडिबुटी नै ठिक भन्दै जनताको घर घर पुग्दा रहेछन् तर एक जना डाक्टर भने रोगको उपचार जडिबुटी होइन एलोपैथिक औषधिले रोगलाई चाँडो निको बनाउन सक्छ भन्दै प्रचार गर्दा रहेछन् । यो कुराको निचोड बुझ्न नसकेका जनताले चाँडो निको हुने दवाईको पछि भाग्दा रहेछन् ।

ठिक यस्तै आजको लोकतन्त्र भएको छ छिटो विकास हुन्छ भन्ने आशामा गरिएको चयनले लोकतन्त्र नै समाप्त हुने दौडमा लागेको छ । जब अनुभव हिन डाक्टरको हातबाट लिइएको औषधिले फाइदा होइन बेफाईदा बढि गरेको हुन्छ ठिक यस्तै अनुभव हिन व्यक्तिको हातमा देश पुग्नु भनेकै देश समाप्त हुदै जानु हो यसमा दुईमत छैन् ।

मिठा मिठा भाषणको पछि लाग्ने जनतालाई के थाहा अनावश्यक मिठाई बढी खाँदा सुगर रोग लाग्न सक्छ भनेर । हामीले सहि काम गर्ने व्यक्तिको चयन गर्न जान्नुपर्छ । मुखको स्वादका कारणले नै आज मानिस रोगको दलदलमा फस्दै गएको छ ।

राजसंस्था ठिक छैन यसले खायो भन्दै जनतामा गलत प्रचार गर्दै भई सकेको विकासलाई समाप्त पार्दै नयाँ विकास गर्ने भनेर जनतालाई भड्काउने व्यक्तिको लहैलहैमा लाग्दा आज देशको दुर्दशा हुदै गर्दा पनि नबुझ्ने जनतालाई केहि भन्नु भन्दा नभन्नु नै उपयुक्त ठहर छ ।

समय परिवर्तन भइ सकेको छ । अब नबुझे कहिले बुझ्ने विकास चाहे हुनसक्छ तर अनावश्यक खर्चको भार कम गर्दै देशमा यत्रतत्र छरिएर रहेका विकासका स्रोत जडिबुटीलाई राष्ट्र हितमा प्रयोग गर्दै बन्द उद्योगलाई खोल्दै जान सके विकास टाढा होइन नजीक छ ।

विदेशीले पठाएको गाँजाबाट बनेका औषधिलाई ठिक भन्ने तर त्यही औषधि बनाउन प्रयोग हुने पदार्थ भने समाप्त पार्दै जाने परिपाटी हाम्रो देशमा विद्यमान देखिन्छ ।

आउनुस् गलत सोचलाई परिवर्तन गरौं यसले हामीलाई गन्तव्यसम्म पुग्न राम्रो मद्दत गर्नेछ । मिठा-मिठा भाषणको पछि लागेर होइन हिजो र आजमा के परिवर्तन भयो भन्ने कुरामा जोड दिदै अघि बढ्ने काममा जुटौ यसैमा सबैको भविष्य सुनिश्चित हुनेछ ।

हामीले मिठाइ धेरै खादै सुगर जस्तो खतरनाक रोग जसले किड्नी नै ड्यामेज गराउन सक्छ भन्ने पदार्थ मिठाइमा नभुली आफ्नै देशमा उत्पादन हुने जडिबुटी नै प्रयोग गरौं प्रमप्रालाई थाती राख्न पछि पर्नु भनेकै विदेशी उत्पानलाई प्रोत्साहन दिनु हो यसले कसैको हित गर्न सक्दैन ।

आज हामीले जे खाने गरेका छौं सवै विदेशीले उत्पादन गराएको बस्तु हो यसलाई त्यागेर हामी अघि बढ्न सके परिवर्तन पक्का हुनेछ भन्नेतर्फ समयले देखाएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !