३० कार्तिक २०८१, शुक्रबार

हिन्दूहरूको महान् चाड बडादशैको महत्व


बडादशै
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हिन्दूहरूको महान् चाड बडादशैको महत्व ठूलो छ । आफुभन्दा ठूलाका हातबाट टिका लगाएर मनाउने चाडलाई हामी विजया दशमीको रूपमा लिने गरेका छौं । बडादशै पर्बको पौराणिक महत्वबारे केहि चर्चा गरौँ ।

देवी पुराण अनुसार सत्य युगमा महिषासुर नाम गरेको दैत्य सम्राटले देवताहरूका राजा इन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरी देवताहरूमाथि आतंकपूर्ण शासन गर्न थाले ।

देवताहरू डराएर ब्रह्माको शरणमा गए । ब्रह्माको सल्लाहअनुसार विष्णुसहित महादेवको शरणमा पुगे । सबै देवताहरूको छलफलपछि आ–आफ्नो शक्तिपुञ्ज निकाले । ती शक्तिपुञ्जहरू एकत्रित भई शक्तिस्वरुपा नवदुर्गा भगवतीको रुप धारण भयो ।

नवदुर्गा भगवतीले नवौँ दिनसम्मको युद्धपछि शण्ड, मुण्ड र रक्तबीजसहित महिषासुरको बध गरे र दशौँ दिनमा धुमधामका साथ विजय उत्सव मनाइयको थियो । त्यो दिन आश्विन शुक्ल प्रतिपदादेखि दशमी परेको थियो ।

यसरि हामीले दशै मनाउदै आएका छौं । अहिले दशै मनाउनु हुदैन बेकार हो भन्ने मान्यता पश्चिमाहरूको जालमा परी आफ्नो धर्म संस्कृति नै समाप्त पार्ने खेल हुदैछ । ठुलाबडाको हातबाट आशिर्वाद थाप्ने चलनको अन्त्य बनाइदैछ ।

हिन्दू संस्कृतिमा भएका चाडपर्व, रीतिरिवाज आदिमा सुन्दै हाँसो लाग्ने अलौकिक वा जादुगरी कथा किंवदन्ती जोडिएर आएका भन्ने गलत व्याख्या गरेको पाइन थालेको छ ।

कुनै कर्मकाण्ड गर्नुको पछाडि त्यसको वैज्ञानिक सत्य तथ्य बुझ्न चाहने जिज्ञासु रहेको हामीले पाउन थालेका छौँ । अतः हाम्रो संस्कृति र रीतिरिवाजको वैज्ञानिक पक्ष उनीहरूलाई बुझाउन सकेनौँ भने उनीहरूले त्यो मान्ने छैनन् भन्ने जस्ता गलत प्रसंग निकालेर हिन्दू धर्मलाई समाप्त पार्ने षडयन्त्र रचेको त होइन भन्ने देखिन थालेको छ ।

फलस्वरूप हाम्रो धर्म, संस्कृति र रीतिरिवाजका बारे वैज्ञानिक सत्यतथ्य खोज्नु अति आवश्यक देखाउन थालेका छन् । यस्को वैज्ञानिक तत्थ्य हामीले माथि दिइसकेका छौं । तर अहिले परम्परालाई समाप्त पार्ने खालको देखिन थालेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !