११ पुस २०८१, बिहीबार

गजल-ससुराली जाँदा जिस्क्याउने एउटी साली भए !


ससुराली जाँदा जिस्क्याउने एउटी साली भए !
सफलताको खुसीमा बजाउनलाई ताली भए !!

अरे यार कति सिकाउँछौं अब यो उमेरमा पनि !
उ बेलामा असभ्य बोल्दा सुधार्ने गाली भए !!

खोइ कहाँ जाउँ यो बानीलाई सुधार्न पनि अब !
लागूऔषधमा लाग्न हुँदैन भन्दै  सिकाउने काली भए !!

बाकी के नै छ र अब मेरो यो अधुरो जिन्दगीमा !
शिक्षा दिक्षा सिक्नको लागि मुख सधै खाली भए !!

सोच्दै छु म जिन्ददिमा केहि परिवर्तन हुन्छ की भनि !
धूम्रपान र मद्यपानलाई बगाई पठाउने नाली भए !!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !