७ पुस २०८१, आइतबार

प्रिय झरी


प्रिय झरी
प्रिय झरी
अमृत कुमार श्रेष्ठ

अँध्यारो बनाई सारा संसार

मुहार फेरि आयौ तिमी

अबोध बालकले बजाएका बाजा जस्तै

सुख र दुखको समिस्श्रण बाँकी

वरिपरिको वातावरणलाई श्रङ्गार गर्न

तिम्रो पर्खाईमा बसिरहेका

ती आाशावादी बोटबिरूवाहरू

अनि ती पौरखी किसानहरूलाई

फेरि नयाँ जीवन दिन्छौ होला तिमीले

तर बाचा तिमीले गर्नैपर्छ

किनकि मलाई डर छ

कतै तिम्ले आफ्ना भयानक रूप देखाउछौ

अनि परार साल भुकम्पले नचाएका

रामे दाजुको फेरि उही हालत त हुन होइन

मलाई डर त कतै तिमीले

मातृभूमिको रूपलाई बिगारिदिने त होइन

कतै माना रोपेर मुरी फलाउने

अाशा मार्ने त होइन तिमीले

कतै मेरो देशको स्तम्भ ढाल्ने त होइनौ

कतै तिमी अखबारका ती

प्रथम पृष्ठमा आउने त होइन

तर मलाई आशा छ

तिमीले सबैको उत्पीडन बुझ्छौ

सबैलाई नयाँ आाशा दिन्छौं

सबैको मुहारमा मुस्कान छरिरहन्छौ

हे मेरो प्रिय झरि

हे मेरो प्रिय झरि ॥


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !