ओई आबारा
तेरो गतिमा यो द्रुतता किन ?
नमान यो झुटलाई- कि त कुनै मायाबी शक्तिले
मन्त्रोच्चारण गरी छोडिएको
राजसुय यज्ञको अबिजित घोडा होस।
तँ त शब्दमाथी शब्द थुपार्दै
शक्तिकालागी
क्रय बिक्रयको आदिम बार्टर भत्काउदै
बिचमा उठेका केहि समाजबादी डक्ट्रईन माथी धुलो छर्कदै
हजारौ कबिला र जनपथको
रगतले भिजेको
एक क्रुर औपनिबेशिक बर्तमान मात्र होस ।
ठयाक्कै समयको त्यो कालखन्डमा
तेरो आबारापनको उच्चतामा
म आईपुगेको थिए
लड्न तँ सँग-आबारापनमा ।
तेरो उफानमा
सुन्दर बस्तिहरु जल्छन
दियोको प्रथम प्रकास
नबजात सपनाहरु जलाउछन
र
लुक्छन साधन र साध्यहरु ।
तेरो इस्थिरतामा
कोमा बाट बिउजन्छ समाज र फेर्छ लामो स्वाश्
मुर्छनापछी एक्कासी निस्किएको
निस्सासिएर स्वास ।
एकै गुण तरलतानै
हाम्रो मिलनबिन्दु ।
तेरो उफ्राईमा म अन्कुश लगाउन खोज्छु
तँ मलाई तेरो मार्गमा हिडाउन प्रयासरत छस ।
दुबै आबारा, दुबै सन्कि
हिड्दैछौ सँगसँगइ
देखाउदै आफ्नो आफ्नो गुण ।
प्रत्यक रात कोठा छिर्नु अघि
तँ उभिन्छन – मेरा अगाडी पर्खाल बनेर
र हास्छस एक ब्यङ्ग ।
म फिस्स हास्दै
तेरो ढाड थप्थपाउछु
र भन्छु -तँ एसैगरी आबारा बनिराख
ताकी म पनि जिबन्त रहिरहु
र लडिरहु तँसँग
यो आबारागिरिको युद्ध ।
तँ आबारा
अनी म आबारा
वाउ,
कस्तो अपूर्व सम्योग
घोर शत्रुता र मिहिन मित्रताको
लगाम लगाउन उधत एक अकार्लाई
लामो यात्रामा –
मलाई थाहा छ – तँ हार्छन एक्दिन
तैले गुमाउनेछन – तेरो एकाधिकार
तेती खेर निस्कनेछ
खन्डहर तेरो सम्राज्य भित्रबाट
एक बिशाल मानबसागर
मनाउन उत्सब – तेरो पराजयको
बिचरा तँ आबारा पुँजिबाद ।
विश्वराज भेटुवाल