१२ आश्विन २०८१, शनिबार

सुनामीको छाल संगै बगौं बगौं लाग्छ


yadhav babu timsina

सुनामीको छाल संगै बगौं बगौं लाग्छ,
उनको माया जाल संगै बगौं बगौं लाग्छ ।

मौलिकताको संरचना निर्माण गर्दा गर्दै,
कौशिलताको खाल संगै बगौं बगौं लाग्छ।

रचनाका सम्भाव्यता पंक्ति बद्व हुँदै गर्दा,
पन्नाका ती चाल संगै बगौं बगौं लाग्छ।

उत्साहको क्यानभासमा वुहा भर्दा भर्दै,
कुचिको त्यो नाल संगै बगौं बगौं लाग्छ।

स्वावलम्बी धारका ती कण कण बन्दै गर्दा,
व्यभिचारी पाल संगै बगौं बगौं लाग्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !