८ पुस २०८१, सोमबार

सलाम छ


Bhugol

भेँडै -भेडाले भरिएको देश छ मेरो

व्बाँसोले बाघ होस् भन्यो भनि

सिकार गर्दा आफै सिकार हुने

बाघरुपी भेँडा तिमि, तिमीलाई मेरो सलाम छ ||

 

समाजसेवी नेता जो पर्यौ

मुखले देशको विकाश गरिसक्यौ

भतिजोलाई नयाँ कार किनिदिन

भूकम्प कुर्ने तिमि, तिमीलाई मेरो सलाम छ ||

 

फलानो पार्टीको तिमि कार्यकर्ता

राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भनि हिड्छौ

फलानो नेताले गु खायो भन्दा

गु मा सुनको रंग देख्ने तिमि, तिमीलाई मेरो सलाम छ ||

 

देशको तिमि सचेत नागरिक

नयाँ  मुद्दा जतिसुकै आओस

ठिक बेठिक सब छुट्याउन सक्ने

फेसबुके विश्लेषक तिमि, तिमीलाई मेरो सलाम छ ||

 

रास्ट्रभक्त तिमि एकदम सच्चा

देशमै केहि गर्छु भन्छौ

अप्लाई  गरेको हल्ला चले

देशमा अवसर खोज्ने तिमि, तिमीलाई मेरो सलाम छ ||

  • भुगोल खनाल

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !