अत्यासलाग्दो जाडो
उराठलाग्दो चिसो
डुम्म परेको आकाश
काँडा उमार्ने ठण्डी
बिहानैदेखि
बिहानैदेखि
रिसाएकी छिन् प्रकृति
अचम्मै
देखाउँदै रुप रणचण्डी
जसै रिसाउँछिन्
प्रियसी
कहिलेकाहीं
फुर्क्याउँदै
घुर्क्याउँदै
आफ्नो प्रियतमलाई
फकाउँदै छ घाम
आफ्नी प्रियसीलाई
बनेर प्रियतम
मानौं हिजो भिजेको कपाल
मानौं हिजो भिजेको कपाल
आफ्नी प्यारीको
आज
अहिले
सुकाउँदै छ
फटाएर कालो बादल |
(लेखन मिती :२०६३/०८/२५, दीपिका शिक्षा सदन,कोटेश्वर )