१८ बैशाख २०८१, मंगलबार

अभिनेत्री नेहा धुपियाले गराइन स्तनपान


एजेन्सी, अन्तर्राष्ट्रिय स्तनपान सप्ताहको अवसरमा अभिनेत्री नेहा धुपियाले ‘फ्रिडम टु फिड’ नामक अभियानको सुरुवात गरेकी छिन् । उनको औपचारिक इन्स्टाग्रामले छोरी मेहरसँगको भिडियो पोस्ट गर्दै उनले लेखेकी छिन्, ‘ह्यासट्याग फ्रिडम टु फिड – नेहा धुपियाको पहलमा ।

संवाद सुरू गरौं..आमा भएर हामी चाहान्छौं फ्रिडम टु फिड ।’ सो भिडियोमा मेहरको जन्मदिन, अभिनेत्री धुपियाको मातृत्व भाव र उनको अनुभव समावेश गरिएको छ । बच्चा जन्मिएको ६ महिनासम्म बच्चाहरूलाई स्तनपान गराउनु पर्ने बारे बोल्दै अभिनेत्री धुपियाले आफ्नी छोरी मेहरलाई स्तनपान गराइरहेको बताएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !