१ मंसिर २०८१, शनिबार

त्यै भएर साथी मलाइ मन्त्री बन्न मन् छ


tribendra-timsina त्रिवेन्द्र तिम्सिना

इच्छाहरु धेरै भए पूरा गर्न गाह्रो भयो,
मजदुरीले सबै कुरा अधुरो नै रहयो।
कस्तो रै छ त्यो ठाउँको कुर्सी जान्न मन् छ,
त्यै भएर साथी मलाई मन्त्री बन्न मन् छ।।

भ्रष्टाचार नि गर्न पाइने पैसा धेरै कमाइन्छ रे,
जग्गा जमिन ठूला ठूला महल पनि बनाइन्छ रे।
ठेक्का पट्टा मिलाएर धेरै पैसा गन्न मन् छ,
त्यै भएर साथी मलाई मन्त्री बन्न मन् छ।।

नोकर चाकर अघि पछि सुरक्षा नि लाइने,
देश गरिब भए पनि सेवा सुबिधा पाइने।
फेरी-फेरी करोडौँका गाडी चड्न मन् छ,
त्यै भएर साथी मलाई मन्त्री बन्न मन् छ।।

मिठा मिठा भाषण् गरे जनता फकिहाल्छन्,
चुनावताका छिमेकीले सहयोग गरिहाल्छन्।
राष्ट्रियताको खोक्रो नारा मात्र पढ्न मन् छ,
त्यै भएर साथी मलाइ मन्त्री बन्न मन् छ।।

बिरामीको वाहानामा विदेश घुम्न गइन्छ,
भोकमरीमा जनता भए नि आफू पार्टी खाइन्छ।
दुतावासमा रक्सी खाँदै सौदा गर्न मन् छ,
त्यै भएर साथी मलाइ मन्त्री बन्न मन् छ।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !