८ पुस २०८१, सोमबार

कविता – संगीत


अरुण देवकोटा

बिना कुनै तार
ढलेका दुई चार
सल्लामाझ
घन्काउँछन् झंकार
उडेका एक हूल काग ।

हरिया च्यादरमाझ
राता बैजनी मुख
निकाल्दै अलाप्छन्
फूलका हूल
अदृस्य दुर्गा राग ।


अन्त्यमा,
झर्छन्, पछारिन्छन्
र बज्छन् एक साथ
अनगिन्ती पराग
बिना कुनै तार ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !