बाढीले बगाउँदा,
पहिरोले तर्साउँदा,
मेरो खुट्टा लड़बडाउदै गर्दा,
तिम्रो हातको खोजीमा कोलाहलमा छटपटाउदा
त्यहि अड्केको ढुंगानै मेरो साहारा बन्न्न पुगेछ
कति भिभोर र कति दुस्ट
दाईत्व विहिन तिम्रा पाइला
त्यस्तो समयमा मलाई मर्न छाडी
आकाश तिर फरफराएका !
सुर्यको पहिलो किरण
मलाई छोएर त तिमी कहाँ पुग्छ
तिम्रो तिर्खा मेटाउन
मेरै हिमाल र उसैको हिउ चाहिन्छ
मेरो तमोरले चित्त दुखाएर
तिमि कहाँ नगए
भोका बच्चाहरुलाई के खुवाएर पालौला
मेरो हिमताल रिसले फुटी दिए
तिम्रो संसार एक छड मै डुबौला
तिमी म मा अनि हामी तिमी मा
यो परिवारको माया
तिमी कहिले बुझौला !
दश कोष टाढा भएपनि
पराइझै हेला नगर न
तिमी थाकेर आउन नसकेपनि
मलाई भेट्ने चाहना त जोगाइ राख न
म बोल्दै गर्छु
तिमी भुल्दै गर्छौ
म लेख्दै गर्छु
तिमी मेटाउदै गर्छौ
म माग्दै गर्छु
तिमी भाग्दै गर्छौ
तिम्रो तिरस्कार र बेवास्तामा
म आँफै बलियो भइसकेछु
तिमीले नगरेको माया
कमजोरी हैन अब
म आँफै छुटिदैछु
सम्पर्क बिहिन
केवल
मेरा याक र चौरीको बीचमा
तोम्बाको स्वरुप
र फुतिंगको तालमा
नाच्दै रमाउदै
न गास न बास न कपास
जुटाउने चिन्ता
पुग्छ मलाई
यो जीवन काट्न र कात्रोमा ओडीन
तिम्रो आशुले मेरो बिदाई नछोएपनि
म निदाउछु मस्त
मेरो हिमालको काखमा
म सेलाउछु मेरो तमोरको काखमा!