मेरो भागको हिउँ,
मेरै चट्टानले समेट्न असामर्थ्य छ रे !
ती पापी बनावटले ,
मलाई भिन्न्न पारिदिए
म नराम्री , मलाई हेर्न कोहि नरुचाउने
“यो हिमाल कहाँ हो र
हिमाल त सेतो हुन्छ नी”
मेरो अस्तितवमा कति प्रस्न ओइराउने?
मेरो दोषी आँखाले,
तलको खोलामा रुप निहारदा
म आफै तर्सिन्थे ,
काला टुक्रा छिया छिया
कति डरलाग्दा
म हेर्दा देखिए पनि कडा,
निकै कोमल छ मन चाही मेरा
रहर मलाई पनि त लाग्छ नी,
श्रावणमा हरियो सौभाग्य पहिरिन
नानीहरुलाई डोराउँदै,
आफ्नै आगनमा खेलाउन
एकान्त ! सुन्य ! अधुरो !
कहिल्यै नपाउने रहेछु ‘सौभाग्य’ मेरो
के विलौना ? के प्रार्थना ? के आशामा?
बाँचू र खै
भावीले रोजेको ‘वाजो ‘ म
मेरो शिर ठाडै भएपनि
तलै टोलाउने मेरा नयन
त्यो एउटा ‘एक’ को खोजीमा
समय को परिस्कृत चक्र नै त हो,
कसै ‘एक’ को त आभासमा
मेरो राम्रो छाप बस्ला की
मेरो छातीमा कोइ ‘एक’ त अंकमालमा गुटमुटिन आउलकी!