१ मंसिर २०८१, शनिबार

आमा ! तिमी छौ र पो…


आमा !!

आमा! तिमी छौ र पो
यो संसार सफा-सफा छ।

तिमी हुदैन थियौ भने
यो घरको भित्ता – भित्ता
माकुराले जालो बुन्ने थियो।
र हरेक छोराको सपना
त्यही माकुराको जालोमा समाप्त हुने थियो।

तिमी हुदैन थियौ भने,
गाई गोठमा बाघको रजाई हुने थियो,
र हाम्रो सपना
सबै सबै लुछिदिने थियो।

तिमी छौ र पो
बाबाले ओसार पसार गर्ने
धमिलो माटोमा हाम्रो जिन्दगी चम्किएको छ।

तिमी छौ र पो
भाई बैनिको सपनाको बाह्रखरीमा
ड बाट डाक्टर छ,
ई बाट ईज्जिनियर छ,
तिमी नभएकोभए कहाँ हुन्थो र?

तिमी छौ र पो
सन्सारको हरेक घरको
भित्ता – भित्ता मुस्कुराईरहेको छ,
तिमी नभएकोभए कहाँ हुन्थो र???

तिमी छौ र पो
यो सबै सबै मैले बुजेको छु
तिमी हुदैन थियौ भने
कहाँ हुन्थो र यो सब ।

सबै फोहोर हुने थियो ।

सुबिन न्यौपाने (कान्जिभाई)
भोर्ले – 7 बडहरे ,रसुवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !