यो देश एउटा खुशीको बिरुवा !
बनाऊ यसलाई सुखको सहारा !!
शिरानमा देशको समृद्दि डाकी !
देशमा विकासको बिरुवा लगाई !!
देशको विकासमा श्रम रोप हरदम !
देश जन्म भूमि हो मन रोप हरक्षण !!
यसलाई कहिले ढाट्नु हुँदैन !
देश रोए हाम्रो जीवन रहन्न !!
परकम्प भुकम्पबाट सिकेर !
क्ष्यण भड्गुर जीवनको सेखी नगर !!
हिउँका चुचुराहरुलाई हेर !
पियूष दिएर हाँसेका छन ठडिएर !!
निर्जिव हो तर जीवन त्यो बाँढ्छ !
हामी सजीव हौँ तर देशलाई ढाँट्छौ !!
घामको गतिबाट ज्ञान, बुद्दि लिदै !
चन्द्रको शान्तिबाट बिवेक धेरै सिक्दै !!
वाचा र बन्धनको ऋणबाट मुक्त !
हुनु छ हामीले जनऋण मुक्त !!
सत्ताको मोह जतिलाई त्याग !
यसलाई नत्यागे देशलाई त्याग !!
देश यो धरापमा परेको जनाऊ !
समयले दिएको घन्टी समाऊ !!
महाँकाली मेची र हिमाल तराई !
जोडेर शक्तिशाली बनाऊ प्यारो देशलाई !!
सम्मान जनताको मनबाट पाउने !
कर्म यही हो यो माटो रमाउने !!
हिजो देश र जनतालाई गरेको बाचा !
पूरा गरेर बाँच सम्मानका साथ !!
मृत्यु पनि हाँसोस काल पनि रमाओस् !
हरेक मानिस यो देशको नेता हुन चाहोस् !!
सबैलाई एउटा यस्तो संदेश देऊ !
यो भूमि सुन्दर बनाउने वचन देऊ !!
सपथ पहिलो बाँढ्ने मानिस बन्नु !
देशलाई ढाँट्ने महाँ पापी हुन्छ भन्नु !!
नायक यो देशको बनि मृत्यु डाक !
अमरत्व असल तिम्रा कर्मले ढाक !!
यो देश बनाउने सपथ खाऊ तिमी !
सारा नेपालीलाई हाँसो देऊ अनि !!
*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
कविता – जसो गरी हुन्छ यो भूमि सुन्दर पारौँ
कविता – म हिमाल रोपौ यो छातीमा
कविता – हामी नमिले बन्दैन मुलुक