१५ आश्विन २०८१, मंगलबार

गजल-सुरुसुरुमा तिमिलाई भुल्न केही असजिलो हुन्छ


anurag

सुरुसुरुमा तिमिलाई भुल्न केही असजिलो हुन्छ ।
मन परेको मान्छे दिमागबाट हटाउन ढिलो हुन्छ ।।

आलोचना गर्ने व्यक्तिलाई चिन्ने एउटा मात्रै उपाय ।
उ सामुन्ने हुँदा उसको अनुहार कालो निलो हुन्छ ।।

जन्मिएपछी मृत्युलाई साथमा लिएरनै हिंड्नुपर्छ ।
यो सत्य कुरा हो र सत्य सुन्दा तितो अमिलो हुन्छ ।।

गरिबहरु झुपडीमा एकछाक खाई चाड मनाउछन ।
धनिहरुको चाडपर्व मनाउने तरिका भड्किलो हुन्छ ।।

फोहोर भनेर चटक्कै छोडेर माया नमार्नु होला है ।
त्यहा कमल फुलको बाँस हुन्छ जहाँ हिलो हुन्छ ।।

*बिजय कुमार शाह (अनुराग)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !