८ पुस २०८१, सोमबार

फरक सोच, घाम उदाउने हैन।


sudarshan

सँधै घाम उदाउँछ-पुर्व !
हो! हामिले सुन्यौ।
हामिले पढ्यौँ पनि।
सँधै घाम उदाउँछ-पुर्व ।
घाम सँधै अस्थाउँछ-पस्चिम।
हामिले यहि बुझ्यौ।

तर,
घाम उदउने होइन,
न त अस्थाउने नै हो।
यो त जहाँको त्यही छ।
पृथ्वी पो यसलाई घुमिरहेछ।
हामि उदाइरहेछौ जानेर।
बा हामिनै अस्थाई रहेछौ।
थाहै नपाई चक्कर हामि पो लगाउछौ।

हामि देखेरै झुट बोझ्छै।
पढरै झुट खोल्छौ।
सत्यको खोजिमा,
धुर्बलाई सत्य र सत्यलाई धुर्ब बोल्छै।

धुर्ब अनेक छन् सत्य एउटा छ।
हाम्रो बुझने कुरा एउटै हो।
फेरि बुझने तरिका फरक छ।

कुरो भन्दा तरिकामा नै हाम्रो घन-चक्कर छ।
तिमि सहि वा म सहि भन्नेमै ठुलो टक्कर छ।
हामिले यो पनि सुन्यौँ ।
सत्यले जित्छ़!

सत्य हार जितको कुरा होईन सायद।
जित्ने हार्ने हाम्रै बिचार हो।

बिचार मात्र पनि केहि होईन,
जित्ने त हाम्रो बिचार भित्रको संकार हो।
बिचार पानि हो भने,
रंग र आकार त हाम्रै आचार हो।

धर्म जात-भात, रंग, भासा, भुगोल,
सब-सब मन्छेले छुट्टएको आफ्नै प्रकार हो
सुनेको कुरा हो।
देखेको कुरा हो।
बुझाईयको कुरा हो।
सत्य फरक छ, सायद।

अरुको भावना महसुस गर्नु मनिसको बिचार हो।
सह-अस्तित्व बुझ्नु उसको संकार।
सँधै घाम उदाउछ-पुर्व ।
घाम सँधै अस्थाउँछ-पस्चिम।
सुनेको कुरा, पढेको कुरा
बिचार माथि तपाईले दिएको
रंग र आकार हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !