७ पुस २०८१, आइतबार

कविता – म हिमाल रोपौ यो छातीमा


शोभा काफ्ले खतिवडा

म हिमाल रोपौ यो छातीमा

म हिमाल रोपौँ मेरो छातीको माझमा !
पाहाडलाई पनि खोपौ शिर अनि माथमा !!

तराईलाई भने म मुटुको माझमा सजाऊँ !
नेपालै यो जगतको राम्रो मुलुक भनि चिनाऔँ !!

हाँसौँ, मिलेर, बसेर हामी सारा नेपाली !
कर्म पोखौँ यो देशलाई युवाहरुको ज्ञान पोखी !!

पत्रकारले लेखोस् हरपल प्रखर साँचो खवर !
उर्जा मिलोस् देश बनाउन बनुन नेपाली अव्वल !!

यो देश वीरहरुको देश भनेर हामी चिनाऔँ !
अग्रजको सल्लाह र सम्मान यो देशमा गरौँ !!

कम्युनिष्ट र काड्ग्रेसको देश भन्दा पनि !
नेपालीको देश भनेर जगतमा धरा चिनाऔँ !!

के छैन सानो र यो हाम्रो सुन्दर पावन भूमिमा !
वौद्दिकता खर्चेर समृद्दि ल्याउन सक्ने धरामा !!

अपूर्व जल धाराको सदुपयोग गरि देश बनाऔँ !
पर्यटनमा फड्को मारी संमृद्दि देशमा ल्याँऊँ !!

पत्रकारले लेखुन रातदिन देश बनाँउने खवर !
विद्वान जनले चलाँउन देशका हितमा कलम !!

सेना पुलिस जनताको एकताको बलले !
यो मुलुक फड्को मारोस् नेपाली पौरखले !!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

कविता – हामी नमिले बन्दैन मुलुक

कविता – माघको पूर्णिमा

कर्मले लिपौँ देशको भित्तो

भ्रष्टाचार नै उन्मुलन गरौँ मुलुकमा

मनका भावले बुझ यो देश

विकासको प्रत्याभूति होस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !