८ बैशाख २०८१, शनिबार

त्यहि हो तिम्रो कल्पनाको राजकुमार !!


horse-riding

त्यो वायु पङ्खी घोडा चडेर आउने ,

शिरमा मुकुट , कानमा ठुलो मुन्द्री लगाएको,

ठुला आँखा, बलिष्ठ शरिर भएको, हेर्दा बहुत आकर्षक,

भगवान बिश्णु जस्तो, अथवा शिब जस्तो,

सपनाको राजकुमारको कल्पना मा

उनि बस्दै छिन रे तीजको ब्रत ।

तिम्रो कल्पनाको राजकुमार  पाउँछौ ?

त्यो वायु पङ्खी घोडा आउँछ?

तिमिले पढेको बिगब्याङ्ग, कृष्ण छिद्रको अथाह बल,

गुरुत्वाकर्षण को सिद्दान्त,

इलेक्ट्रो म्याग्नेटिक शक्ति,

कस्मिक रेजहरुको निरन्तर प्रवाह,

अनि प्रकाशको गति, इन्ट्रामोलिक्युलर शक्ती सङ्गै,

तिमिले पढ्न भुलेछौ, त्यो बिचारको शक्ती!!

बिज्ञानको उत्पत्ती बिचार बाटै हुन्छ,

बिचारको शक्ती त प्रकाशको शक्ती भन्दा पनि सयौँ गुँणा बढी हुन्छ ।

तिमी त पढेकी आधुनिक महिला,

आस्था र विश्वाश त हरेक मानिसमा हुनुपर्छ,

तर

त्यहाँ बिज्ञान र ज्ञानको संयोजन छकी छैन?

बुझ्नु पर्छ तिमिले,

ब्रत बसेर, ध्यान गरेर,

आफ्नो शरिरका हरेक कोष कोष को यात्रा गर्न सकिन्छ,

मन र श्वाश लाई केन्दृत गरे आफैँमा शक्ती प्राप्त हुन्छ,

शक्तीलाई अनेक रुपमा परिबर्तन गर्न सकिन्छ ।

तर,

तिम्रो ब्रतले त्यो कल्पनाको राजकुमार भेटिएला त ?

पहिले, असली राजकुमार लाइ चिन,

जो हर दिन मेहिनत गर्छ,

कर्म लाई धर्म मान्छ,

अरुको खुसिमा रमाउन सक्छ,

तिम्रो दुखलाइ आफ्नै दुख ठान्छ,

तिम्रो रुपको शुन्दरता भन्दा मनको शुन्दरतालाई मध्यनजर गर्छ,

ढुङ्गामा भन्दा जिवमा भगवान देख्छ,

पराजयलाइ अवसरको रुपमा लिन्छ,

जसले जानेको होस्,

पैसाले सुख किन्न सकिन्छ तर खुसी किन्न सकिन्न,

जिवनको सफलता भनेको अरुलाइ खुसी बनाउनु हो,

र अरुको खुसीमा आफु खुसी हुनु हो,

 त्यहिहो तिम्रो कल्पनाको राजकुमार !!

के तिमी चिन्न सक्छौ ? ?

यो त आँखाले देखिँदैन, यो त मन ले देखिन्छ,

भावनाले देखिन्छ ।

त्यसैले तिमी ब्रत बस्छौ नै भने भन तिम्रो मनभित्रको भगवानलाई

” भगवान ! मलाई त्यस्तो बन्ने प्रेरणा दिनुहोस् कि जस्को कारणले त्यो राजकुमार मलाइ खोज्दै आओस्”  ।

तिमीलाई तीजको शुभकामना !!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !