७ पुस २०८१, आइतबार

कविता – हामी नमिले बन्दैन मुलुक


Shobha Kafle Khatiwada शोभा काफ्ले खतिवडा

हामी नमिले बन्दैन मुलुक

यो धर्तीको पाटो तव सुन्दर बन्छ !
जव देशका मानिस र देश समृद्द बन्छ !!

माटो मगमगाओस अव धराको वारी पारी !
मेची देखि कालीसम्म र हिमाल वारी पारी !!

तराईका फाँट र हाम्रा डाँडा काँडा भरी !
जीवन बाँच्न पाउन हाँसेर दिन, रात भरी !!

पहराको त्यो छाती पनि कर्मले हामी सजाऊँ !
प्यारो देशको भुभाग जति घुमेर जीवन बिताऊँ !!

म चन्द्र झैँ यो मनमा शुभ दीप बालौँ !
घामको उज्यालो झैँ शुभ शब्द तापौँ !!

दु:ख पिडा मेरो देशको सबै नै हटाऔँ !
नेपाली मनमा हाँसोखुशी पनि बाँढॉऔँ !!

मायालुको प्यारो साथ होस हरपल !
कर्ममय यो जीवन बनोस् पलपल !!

देशका भुभागहरु घुम्न अति सहज होस् !
नेपालीले यो देशको पिडा पिडा हटाओस् !!

पार्टी धेरै चाहिँदैन यो देशमा कहिले !
दुई पार्टि मात्र भए पुग्छ जहिले तहिले !!

पराइले सहयोग गरेको हाम्रो यो भूमिमा !
सारा नेपाली मिलेर बनाऊँ देश सुन्दर भूमिमा !!

नेपालीले नै नेपालीको अपमान कहिले नगरौँ !
भाइ फुट्दा गवार(दुस्मन)ले लुट्छन् यो कुरा बुझौँ !!

देशलाई मायाँ गर्नेले सत्ता नरोजौँ !
सत्तामा बस्नेले यो देशलाई नढाटौँ !!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

कविता – माघको पूर्णिमा

कर्मले लिपौँ देशको भित्तो

भ्रष्टाचार नै उन्मुलन गरौँ मुलुकमा

मनका भावले बुझ यो देश

विकासको प्रत्याभूति होस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !