१४ आश्विन २०८१, सोमबार

संगीतकार टम्पशेर राईको “जाले रुमाल” सार्वजनिक(भिडियो सहित)


Capture

२२ माघ, काठमाडौं । गायक तथा संगीतकार टम्पशेर राईको शब्द संगीतमा रहेको “जाले रुमाल” गीतको भिडियो सार्वजनिक भएको छ ।

मेलिना राई र निनम हाङ् राईको स्वरमा रहेको गीतमा केकी अधिकारी र रवि सिंहको अभिनय रहेका छन् ।

आमोश तामाङको एरेन्जमा रहेको उक्त गीतलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् ।

हरेक मानिससँग आ-आफ्नै एउटा प्रतिभा हुन स्वभाविकै हो । तर कसै-कसैसँग यस्तो प्रतिभा हुन्छ । जो जुनसुकै क्षेत्रमा पनि त्यतिकै सक्रिय हुन्छन् । त्यसमध्येमा एक संगीतकार टम्पशेर राई पनि हो । उनले गीत गाउनेदेखि गीत लेख्ने, संगीत भर्ने र अभिनयसमेत गरिसकेका छन् ।

लामो समयसम्म रेडियोमा काम गर्दै आएका संगीतकार तथा गायक टम्पशेर राई पछिल्लो समयमा स्टेज कार्यक्रम सञ्चालकको रुपमा निकैनै लोकप्रियता कमाएका छन् । राईले दर्जन भन्दा बढी गीतहरु लेखिसकेका छन् भने त्यतिकै गीतमा संगीत र स्वर भरेका छन् ।

संगीतकार टम्पशेर राईले पछिल्लो समयमा आफ्नै शब्द संगीत र स्वरमा धेरै म्युजिक भिडियोहरु बजारमा ल्याइसकेका छन् ।
हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !