७ बैशाख २०८१, शुक्रबार

कविता – भ्रष्टाचार नै उन्मुलन गरौँ मुलुकमा


शोभा काफ्ले खतिवडा

मिलेर बसौँ न यहि देशमा !
राष्ट्रमा उन्नति हामी गरौँन्!
भ्रष्टाचार मुक्त नै पारौँ देश !
समृद्दि यसको अव ल्याउन !!
कर्णाली जस्ता सिंजाका !
हरेक प्रदेश हामी नि पुगौँन्!
गरिव दुखी यहाँ कोहि नहुन !
नेपाली समान भएर बाँचौन् !!

देश भ्रष्टाचारमुक्त होस् हुन त जीवन बाँच्ने चाहना आ-आफ्नो शोचमा भरपर्छ !
तर पनि असल जीवन त्यो हो जसले राष्ट्रमा जीवन समर्पण गर्छ !!

राष्ट्रलाई आफ्नो जन्म भूमि सम्झे कस्ले पो भ्रष्टाचार यस्तो गर्छ ?
नैतिकताको शिक्षा पाए जीवन भर सड्घर्ष पो बरु गर्छ भ्रष्टाचार कस्ले गर्छ र ?

मैले त शोचेँ, भ्रष्टाचार, पहिलो त महाँ पाप नै हो !
दोस्रो सबैभन्दा ठुलो राष्ट्रका लागि घात नै हो !!

तेस्रो भने राष्ट्र ऋणमा हाम्रा हरेक जन्म चुर्लुम्म हुने !
चोथो क जन्म दाताहरुको पित्री ऋण नै लाग्ने !!

पाँचौ कर्म हो आफ्नै कर्मले सन्तानलाई अपाड्ग बनाउने
र यस्तै कर्मको अनगिन्ति पाप लाग्ने !

छैठौँ गरिवको आँशु मिसिएको भाग खोसेको महापाप नै मात्र लाग्ने !
देश विकासमा कति ठुलो बाधा उत्पन्न हुने !!

सातौँ कर्म सन्तान निष्कर्म बनेर जीवन यसै नै बर्वाद बनाउने !
आठौँ कर्म मान ,सम्मान घटेर अपमान कति कति हुने !!

पदीय गरिमा यसै हराई, पद समेत अपवाद हुने !
नवौँ गरिवको भागको अन्न खोसेको कति धेरै पाप लाग्ने !!

विलासिताको जीवन बाँच्दा अनेकौँ रोगहरु यसै यसै लाग्ने !
बाँचुन्जेल धनको डर भै मृत्यु समेत पनि बदनाम हुने !

कस्ता सम्मानित जीवन यसै अपमानित भै बाँच्नु पर्ने !
यस्ता कुरा बुझे हामीले भ्रष्टाचार कता हो र गर्ने र हामीबाट हुने ?

देश विकासमा योगदान गरेमा, राष्ट्र समृद्द यसै नै हुने !
राष्ट्र समृद्द र विकास भए हामीले भ्रष्टाचार किन हो गर्ने ?

तर कुरो कस्ले बुझ्ने र यस्ता जीवन दाइनी ?

भष्ट्टाचार उन्मुलनका लागि सरकारले जनतालाई गरि खाने सहज बातावरण
बनाइदिने र युवा सहित देशका नागरिकको सुख, खुशीका उपाय सहज पार्ने !!
भष्टाचारको पैसा लगेर उद्योग विकास र समृद्दिमा लगानी गर्ने !!

देश र जनताका लागि धर्म यो भन्दा केहि नहुने,
तर यस्ता कुरा हामीले खै कहिले बुझ्ने र गर्ने ??
यस्तो कुरा कस्ले मनन् गर्ने र?

सबैले मिलेर देश समृद्द र विकासमा योगदान गरे भ्रष्टाचार किन हो र गर्ने?

भ्रष्टाचार नै उन्मुलन गरौँ अव यो मुलुकमा !
सदाचारलाई आमन्त्रण गरौ समृद्दि र विकासको नव भेषमा !!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

मनका भावले बुझ यो देश

विकासको प्रत्याभूति होस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !