२० कार्तिक २०८१, मंगलबार

शान्तिको विरुवा रोपौँ मिलेर


शोभा काफ्ले खतिवडा

शान्ति:

सगरमाथाको शिरबाट एउटा लिएर आउँन हामी विरुवा चिनेर !

हरेक मुटुमा टुपुक्क रोपौँ शान्तिको त्यो बिरुवा भनि मिलेर

कर:

कर कर भनेर यसरी नडराऊँ है हामी !

कर, ब्यापारी र उद्योगी ब्यवसायीसित लिने हो !!

कर त देश चलाउन  लिनै पर्छ हरेक मुलुकले !

किनकी कर देश विकासमा प्रयोग हुने हो !!

देश पनि हाम्रो र समृद्दिको चाहना पनि हाम्रो !

त्यसैले सक्नेहरुले कर बुझाएकै अति राम्रो !!

तर सरकारको दायित्व हो जनता खुशी र सुखी राख्ने !

यसैले नसक्ने मानिससित कुनै पनि शिर्षकमा कर नलिएको राम्रो !!

वर्षा :

वर्षा वर्षा भनेर नडराऊ तिमी हरपल यसरी !

नरुझ्ने पानीको सितल र सुन्दर ओत मात्र हुँ म !

म बाढी पहिरोसित नमिसिने जल हुँ !

सिचन गर्छु मेरो धरालाई अन्न प्रसस्त फल्ने गरी !!

घाम :

म नपोल्ने घामको पनि उज्यालो मात्र हुँ !

यो जगत मात्र फलिभूत पार्दछु मेरा शक्तिहरुले !

म दिने मात्र हुँ हरेकलाई लिन चाहना म राख्दिन !

हरपल दिन मात्र पाऊँ र गर्जो होस यो जगतलाई मेरो चाहना यस्तै राख्दछु म !!

एकथरी पवित्र सिमसिमे  झरी पनि त हुँ म !

धर्तीलाई सिंचन गरेर उर्वर पार्ने जलधार मात्र हुँ म !!

चन्द्र:

म सितल शान्त सुन्दर उज्यालो हुँ जगतको अँध्यारो मेटेर मन भरी मायाँ पस्कने !

अँध्यारो रातमा शोभा बनेर उज्यालो मायाँ हृदयमा पस्कने !!

फूल :

कतै फूल फुल्यो भने पनि तिमीले मलाई नारी नै भनि सम्झनु !

तिम्रो मायाँ यो धरामा सजाउने एउटा सुन्दर फूलबारी सम्झनु !!

जहाँ नवपालुवामा कोपिला फुट्छन मायाँको रंग लिएर !

जहाँ धरा मगमगाउँछ विकास र समृद्दि काँख भरी बोकेर !!

त्यहाँ मानवीय पन छताछुल्ल पारेर हरेक मन हाँसेको हेर्ने  मिठो फूल झैँ एउटा पल हुँ म !

समय हो मेरो नाम, यसैले म भूत विर्षदै भविश्यको योजना कोरेर वर्तमानमा रमाउने एउटा अपूर्व  मायाँले भरिएको मन मात्र हुँ म !!

श्रोत:

किनकी म यो धरामा सन्तान दिने पवित्र एउटी श्रोत हुँ म !

म मायालु एउटी जननी पनि हुँ काखमा सन्तानको तोतेबोलि सुन्नका लागि आफ्नो अस्तित्व मेटाउन रमाउने !!

छोरी:

म छोरी पनि हुँ हरेक पुरुषकी; यसैले मसित अन्य कुन चाहना नराखीदिनु !

बरु सके छोरी सम्झेर त्यो फूलको बोटमा ममताको मिठो जल र जतन हालीदिनु !!

देश :

म देश हुँ तिम्री जन्म धरा एउटी !

कतै तिम्रो पनि छाती चस्क्यो भने

तिमीले तिम्रै देशलाई सम्झनु

नावालक आफ्ना सन्तान सम्झि

यो देशको अपूर्व मायाँ गरिदिनु

हृदय:

कतै हृदय भावविह्वल बने यो देशको छाती आफ्नै सम्झनु !

जन्म दाताको छातीलाई  जस्तैगरी ये देशको पनि कति कति मायाँ गरिदिनू!!

किनकी यो हामी तीनकोटीको आश्रय स्थल हो !

हरेक कुराले सम्पन्न कुवेरको भण्डार देसका युवा र अग्रज मिलेर बनाइदिनु !!

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

एक थान मेरो देश खोज्दै छु म


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !