१४ पुस २०८१, आइतबार

गायक लामिछानेद्धारा कविता संग्रह सार्वजनिक


rabhu

२० साउन, भक्तपुर । साहित्यकार रघुराम न्यौपानेको कविता संग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ वागेश्वरी चारघर चौतारास्थित लोक गायक बुद्धिकृष्ण लामिछानेको घर मै पुगेर उहाँकै हातबाट कविता संग्रह विमोचन गरिएको हो ।

विगत तीन वर्षदेखि प्यारालााईसिस र अन्य रोगले ओछ्यान मै थmिएका साहित्यकार लामिछानेको सम्मान स्वरुप साहित्यकार र संचारकर्मीको टोली उहाँ कै घरमा पुगेर पुस्तकको विमोचन गरिएको हो ।
विमोचन पछि गायक लामिछानेले यो अवसर र सम्मान दिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले गीत, संगीत र साहित्य कहिल्य मर्न नहुने बताउँदै यसको विकासमा सबैलाई लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा लेखक न्यौपानेले यसअघिका कृति बिक्रीबाट संकलित रकम मध्ये नगद रु. १० हजार गायक लामिछानेको स्वास्थ्य उपचारका लागि प्रदान गर्नुभयो ।

कार्यक्रममा लेखक न्यौपानेले उपचार नपाएर थलिएका गायक लामिछानेको सम्मान स्वरुप उहाँ कै घरमा आएर आफ्नो पुस्तक विमोचन गरेको बताउँदै सरकारले उहाँको उपचारको लागि उचित व्यबस्था गरिदिन आग्रह गर्नुभयो ।

स्वास्थ्य उपचारमा सहयोग पुर्याउन आफूले रकम प्रदान गरेको बताउँदै उहाँले साहित्य, गीत संगीतको क्षेत्रमा लाग्ने कलाकारको नाजुक अबस्था देखेर दुःख लागेको बताउनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगार्ई)ले उहाँको घरको अबस्था र स्वास्थ्य अबस्था देखेर आफूलाई मर्माहित बनाएको बताउँदै उहाँको उचित व्यबस्थापनमा सरकारको ध्यान नपुगेको बताउनुभयो ।

त्यसअवसरमा क्रियासिल पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरीले प्यारालाईसिसले ओछ्यान मै पर्नु भएका गायक लामिछानेलाई गीत संगीत क्षेत्रमा लागेको श्रष्टाहरु पनि सहयोग गर्नुपर्ने औल्याउनुभयो ।

गायक लामिछानेले उचित स्वास्थ्य उपचार पाएमा स्वास्थ्यमा सुधार आउँने बताउँदै एउटा गायक, श्रष्टा र देशको गहनाको रुपमा रहेका गायक २४ सै घण्टा ओछ्यानमा बस्नु पर्दाको पीडा महसुस गर्न नसक्ने भन्दै उपचारको व्यबस्था गर्न ढिलाई गर्न नहुने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !