सबैभन्दा प्यारो देश पनि त; यो मेरै नेपाल हो !
संसारको सुन्दर प्रदेश पनि त यो मेरै घरवार हो !!
म नेपाली हुनुमा गर्व कति छ, हरपल नै मलाई !
हरेक जुनी लिन पाऊँ जन्म म; यहीँ रमाई रमाई !!
घामको झुल्को पर्ने मेरो यो प्यारो हिमाललाई !
चन्द्रको मायाँ मुटुमा सजाई हिड्न पाऊँ देशमा रमाई !!
सुनको भात त खान्न है म; चामल यहीँ फल्छ !
हिराको पानी पिउँदिन कहिँ म; जलको भण्डार यहीँ छ !!
एउटै पुकार गर्दछु म हरपल; मेरो ईश्वरलाई !!
मनको विभेद हटाइदेऊ तिमी; हामी सारा नेपालीलाई !!
देशको माटो रड्गाउने सद्दभाव,पनि देऊ तिमी !
एकतामा उनिने नयाँ सुत्र देऊ; हामीलाई पनि !!
नेपाललाई पराइले दुक्ख कहिले पनि दिएन !
हामी स्वार्थी बनेर बरु हाम्रो मन नै कति मिलेन !!
लोभी पापी भयो मन किन होला; हामी सबैको !
यसैले नै रोकियो नि समृद्दि यो; प्यारो देशको !!
सक्षम सन्तान बनाउने काममा जोड दिऊँ !
तिनलाई अपाड्ग बनाउने गरि सम्पति नजोडौँ !!
एउटा आगो अव दनदन गरि दन्कियोस देशभित्र !
चेतना, विकास र समृद्दि पनि भित्रियोस देशभित्र !!
आगोको झैँ ज्वाला विकासको होस योजना होस अति उत्कृष्ट !
मनमा मायाँ हरपल रहोस देशको; बनोस यो धरा अति पवित्र !!
हेर्न आउन जगत भरिका पर्यटक पनि यो हाम्रो देशलाई !
आई रमाउन अनि मुलुक भरी पुगुन् र लागोस स्वर्गको टुक्रा तिनलाई !!
यो देश पिडामा हुँदा यसरी तिमी सत्तामा बसेर नहाँस !
देश दुख्दा त यो देश हसाउँने कला सिकेर मात्र बाँच !!
मौका एक पटक आउँछ हामीलाई; यो देशलाई सुन्दर पार्ने !
यही नै असल मौकामा हो सबैले; यो देशलाई सुन्दर पार्ने !!
डाक्टर के.सी.पनि तिम्रा नै मानिस ; गंगामायाँ पनि हुन तिम्री !
यो देशका हरेक मानिस पनि तिम्रा; यो धरा जननी हुन तिम्री !
देश सुन्दर बनाऊ मायाँ सबकोपाऊँ तीनकोटी हामी नेपालीको !
अनि मात्र अमर बन्दछ तिम्रो जीवन सत्कर्म पुजिन्छ तिम्रो !!
*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।