१२ असार २०८१, बुधबार

तिम्रो शुभ विवाहको उपलक्ष्यमा


Kabita

तिम्रो शुभ विवाहको उपलक्ष्यमा

धेरै–धेरै मेरो बधाइ,

लाखौं लाख शुभकामना

अरु के दिऊँ म तिमीलाई ।

 

कोमल तिम्रो पाउमा काँडाले नघोचोस्

आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्,

हरेक पाइलामा तिमीलाई सफलता मिलोस्

दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् ।

 

दुबै हातहरू मेरा छन् खाली

छैन केही पनि दिनलाई,

लाखौं लाख शुभकामना

अरु के दिऊँ म तिमीलाई ।

 

दुःख भागोस् अघि सुखले पक्ष्याओस्

बसन्तले तिम्रो पाउमा बाहार ओक्ष्याओस्,

सबैको मुख–मुखले तिम्रै नाम लिउन्

भगवानले तिमीलाई राम्रो आशिष दिउन् ।

 

मिठो बोलेर सँधै तिमीले

हाँसी दिए पुग्छ मलाई,

लाखौं लाख शुभकामना

अरु के दिऊँ म तिमीलाई ।

 

तिम्रो शुभ बिवाहको उपलक्ष्यमा

धेरै–धेरै मेरो बधाइ,

लाखौं लाख शुभकामना

अरु के दिऊँ म तिमीलाई ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !