१२ पुस २०८१, शुक्रबार

अनिर्णयको बन्दी


Story

अमेरिकाको केन्ट राज्य- बाहिर निकै चिसो छ । सडकहरू सुनसान छन् । चहलपहल केही छैन । शून्यता र नीरवताले वातावरण निलेको छ । आज विदाको दिन- दिन त्यसै उराठलाग्दो भएको छ । त्यसैले न्यास्रोपना र एक्लोपनाले अझ बढी गाँजिरहेछ । झन् रिचर्डको सम्झनाले थप नैराश्यता जगाइरहेछ । पोहोरको चिसोमा रिर्चडसँग बिताएका न्याना दिनहरूको सम्झनाले झन् चिसिन पुग्दछु म । उसँग बिताएका प्रत्येक क्षण मस्तिष्कमा ताजै भएर उम्रिन्छन् । गन्तव्यविनाको यात्रा थियो रिचर्ड र मेरो, तर पनि मैले साथ छोड्न सकेकी थिइन । छुट्टीको दिन अझ बढी सताउने गर्छ मलाई उसको यादले । अचानक कलवेल बज्छ । रिचर्डको आकृति आउँछ अनि कतै हराउँछ ।

“ओहो † भिनाजु कहिले आउनुभयो नेपालबाट ?”

“केहीदिन भयो , तिम्रो पार्सल थियो ल्याइदिऊ भनेको समय नभएर.. अनि सालीज्यूको के हालखबर छ ? ह्वाट अबाउट यु ? ”

“सालीज्यूलाई भिनाजुले नै बिरानो सम्झनु भएपछि के हुन्छ । ”

यस्तै गफ चन्छ प्रो. डा. शान्ताराम र मेरो । ऊ मेरो भिनाजुको साथी त्यसैले भिनाजु नै भन्ने गरेकी छु । कहिलेकाहीँ म जस्तो डायनामिक लेडी जीवनसाथी बनाउन पाइनँ भनेर तीतो ओकल्ने गर्छन् मसँग उनी, तर पनि आफ्नो पत्नीप्रति इमान्दार नै छन् । नत्रभने व्यक्तिगत स्वतन्त्रताले निलेको अमेरिकी संस्कारमा रमाउन उनलाई कुनै गाह्रो पर्ने थिएन । यसो नहुनुमा मेरो दुइवटा अनुमानित कारणहरू छन् । पहिलो त उनी अति ब्यस्त हुनु हो, अर्को चाहिँ भेनाजुको साथी भएर पनि हुनसक्छ । अरू जे सुकै भएपनि मसँग ख्यालठट्टा  गर्नमा चाहिँ पछि पर्दैनन् उनी । ” ओहो † दिदीले कति मीठो लप्सीको अचार पठाइदिएकी रहिछिन् । ”

“ल पार्सल बिस्तारै हेर्नू मलाई अलिक हतार छ , सालीज्यू , भिनाजुको खातिरदारी गर्दिर्नौ ? ”

“भिनाजुको लागि यो ज्यान नै हाजिर छ नि , आज्ञा मात्र होस् न । ”

“भैगो अरू केही गर्नुपर्दैन अहिलेलाई चाहिँ विदा दिए काफी ।”

” ओं के हवाई नट ”

प्रो डा.शान्ताराम बाहिरिन्छन्  । दिदीले पठाएका पार्सल उत्सुकताका साथ खोल्छु , ओहो † यति मीठो अचार अनि पेन्ट र र्सट सायद यहाँ महङ्गो  पर्छ भनेर पठाइदिएकी हुनुपर्छ । ओहो † दिदी त कस्ती मोटी भइछिन् चिनी नसक्नु , फोटोहरूसँगै म नेपाल पुग्छु  । ओहो र भिनाजु त बूढो देखिएछन् । छोरीहरू त ठूला भइसकेछन् । म चित्रसँगै डोरिन्छु  नेपालतिर ।

दिदीले मेलमा भन्ने गर्थिन्, छोरीहरू ठ्याक्कै हामी जस्ता छन् । हामी सानामा जस्ता थियौँ त्यस्तै छन् रे । साँच्चै म र मेरो दिदीमा कति धेरै भिन्नता थियो ऊ जाडोमा जन्मेकी थिई , म गर्मीमा ,ऊ गुलियो मन पराउँथी म अमिलो । ऊ कम बोल्ने लज्जाल रु आज्ञाकारी थिई भने म धेरै बोल्ने चञ्चली र घमण्डी स्वभावको थिएँ । साँच्चै हामीलाई देख्ने , बुझ्ने जोकाहीले हामीलाई अमेरिका र अफ्रिका भनेर मुल्याङ्न गर्ने गर्दथे । वास्तवमा हामी थियौँ नै त्यस्तै । बाबा सरकारी अफिसमा अधिकृत हुनुहुन्थ्यो भने मम्मीले डेकेयर चिल्डेन सेन्टर चलाउनु भएको थियो । मेरी मम्मी पाश्चात्य जीवन शैलीबाट प्रभावित हुनुहुन्थ्यो । तर्सथ हामीलाई पनि त्यस्तै वातावरण र परिवेशमा हुर्काउनु भयो । बालबालिकालाई स्वतन्त्ररूपमा हुर्काइएन भने उनीहरूको भावाना , प्रतिभा र सोचाई संकुचित र कुण्ठित हुन पुग्दछन् । भन्ने सोचाई राख्नु हुन्थ्यो उहाँ । हाम्रो समाजमा बालबालिकालाई दमित र शोषित वातावरणमा हुर्काइएको हुनाले नै उनीहरू शोषित मानसिकता बोकेका हुन्छन्, अनि उनीहरू आफूलाई परेको कुनै पनि अन्यायका विरुद्ध आवाज उठाउन नसकेका हुन् भनेर आम नेपालीको चरित्रलाई चित्रण गर्नु हुन्थ्यो । यसरी स्वतन्त्रपूर्ण वातावरणमा हुर्कदै जाँदा दिदीमा चाहिँ कुरानै असर परेन तर ममा भने मेरो जिद्दी र घमण्डी स्वभाव बढ्दै गयो । जे चाहना गरे पनि पाइने मानसिकताले गर्दा ममा हठीपन बढ्दै गयो । म केही  व्रि्रोही र झगडालु हुँदै गएकी थिएँ । मेरो मम्मी कहिलेकाहीँ मेरो स्वभाव  र प्रव़तिदेखेर दिक्क मान्नु हुन्थ्यो । उहाँले यसको दोषी आफैलाई ठहर्‍याउनु हुन्थ्यो । छोरीलाई चाहिने भन्दा बढी अधिकार र स्वतन्त्रता दिएको हुनाले त्यसको परिणाम आफैले नराम्ररी भोग्नु परेको दुखेसो ब्यक्त गर्नुहुन्थ्यो । वाल्यावस्थामा म आफूलाई सबैले माया गर्नुपर्छ र मेरो चाहना पूरा हुनुपर्छ भन्ने कुराको ठाडो आदेश नै दिने गर्दथे । त्यससमय म केटासाथीहरूसँग बढी खेल्न रुचाउँथे । जब म वयस्क हुदै  गए तब म केटासाथीहरूसँग टाढिनु पर्ने बाध्यताले पिरोलिन्थे । चौरमा खुलारूपमा केटाहरूसँग मैले खेल्न किन हुँदैन भनेर आवाज उठाउँथे । तर मेरो आवाज कोठाको चार भित्तामा मात्र सीमित रहन्थ्यो । छोरा- छोरी, नारी- पुरुषबीच यस्ता गरिने धेरै रुढीवादी संस्कारको म विरोधी हुँदै गए छोरीमान्छेलाई प्रवृत्तिले समेत ठगेको हुनाले म प्रवृत्तिलाई नै चुनौति दिन पछि पर्दिनथे । छोरीमान्छे महिनावारी हुँदा वार्नु पर्ने, लज्जालु स्वभावको हुनुपर्ने नारीसुलभ आचरण गर्नपर्ने कुराको म पूरै विरोधी थिएँ। म घरमा मम्मी द्वारा यस्ता कुराको निर्देशन भनौ सल्लाहहरू पाउँथे । तर ती सल्लाह मेरालागि कानमा तेल हाल्नु बराबर थियो । म आफ्नो स्वभाव र प्रवृत्तिमा दृढ थिएँ कतै नहल्लनेगरी ।  यसरी परम्परागत संस्कार मान्नु भनेको मेरो स्वाभिमानमा ठेस पुग्नु बराबर ठान्दथेँ म ।  बिस्तारै उच्चशिक्षाको लागि मैले काठमाडौ आउनुपर्‍यो । म  र मेरी दिदीसँगै बसेर पढ्न थाल्यौँ  ।

समयसँगसँगै ममा घमण्डीपन र स्वभिमान बढ्दै गयो  । म रूपमा दिदीभन्दा केही राम्री पनि थिएँ । म आफूलाई पुरुषले रोजेको हैन मैलेचाहिँ पुरुषलाई रोज्नुपर्छ भन्ने मान्यता राख्दथें  । पुरुषको प्रेमआर्कषणमा मात्र नारीले सधै किन डोरिनुपर्छ – नारीले पनि पुरुषलाई आकषिर्त पार्न सक्छे भन्ने म देखाउन चाहन्थेँ । मेरी दिदीको सोचाई अर्कै थियो उनी आफूलाई मनपराउनेलाई रोज्ने इच्छा गर्थिन् । नभन्दै उनलाई असाध्यै मनपराउने डाक्टरसँग बिहे गरेर घरजम गर्न थालिन् । म भने मलाई मन पराउने धेरै केटाहरूलाई पछार्दै सुदर्शनलाई प्रेमको माला पहिराउन पुगेँ । संस्कारविरोधी मेरा धारणा र विचारले मलाई आज अमेरिकाको चिसो खान ल्याइपुयाएको छ । म आफूले आफैलाई धेरै विश्लेषण र मूल्याङ्न गर्न थालेकी छु ।

कलवेल बजेको झझल्को आउँछ । तर कोही छैन सायद रिर्चडको सम्झनाले झस्कायो मलाई । रिचर्ड, अमेरिकामा मेरो आफन्त, साथी जे भनेपनि उहीमात्र थियो । ऊ र म एउटै विश्वविद्यालयमा पिएचडी गर्दै गरेको हुनाले हाम्रो धनिष्टता बढेको थियो । यो विरानेा शहरमा उसले आत्मीयता देखायो अनि हृदय खेालेर सहयोग गर्‍यो । म पनि लचिलो र समर्पित भइदिए उसको हार्दिकता र आत्मीयतामा ।

आज अमेरिकाको चिसोझैँ रिचर्ड र मेरो सम्बन्ध चिसिन पुगेको छ । खै किन हो –

ऊ भन्ने गथ्र्यो नेपालीहरू मलाई खूब मन पर्छन् उनीहरू इमान्दार मात्र हैन नैतिकवान र लगनशील पनि हुन्छन् । त्यसैले म तिमीलाई माया गर्छु  , तिमीलाई म आफ्नो जिन्दगी सुम्पिदिन्छु ।  तिमी र म एक हुनुपर्छ । नेपालको द्वन्दमा पिल्सेको समाजबारे विद्यावारिधी गर्दै गरेको म र  ऊ धेरै नजिक भएका थियौँ। अब नजिक हुनको लागि  कुनै रेखा बाकी थिएनन् । हामी जीवनको परिभाषा खोज्थ्यौँ । ऊ भन्ने गथ्र्यो, ‘तिमी त आम नेपाली भन्दा फरक रहेछौ , तिम्रो विचार , स्वभाव नेपाली संस्कारभन्दा धेरै फरक रहेछ । त्यसैले म तिमीबाट अत्यन्त प्रभावित भएको छु ।’ साँच्चै म आम नेपाली भन्दा पृथक भएकै कारणले त अमेरिका जस्तो देशमा पिएचडी गर्न छात्रवृद्धि पाउन सकेँ । म आफूले आफैलाई स्पष्टीकरण दिन पुग्दथेँ । साँच्चै म पनि रिचर्डको व्यक्तित्व र विचारबाट अत्यन्त प्रभावित भइसकेकी थिएँ । मैले उसको धेरै कुरामा विस्वास गरेँ । केही कुरा बाहेक किनभने धेरै थोरै अमेरिकनमा रिचर्ड पनि पर्दथ्यो जसले नेपाल र नेपाली को तारिफ गरेको होस् । धेरै वर्षघि ऊ पिसकोर भोलियन्टरको रूपमा नेपाल आएको थियो । यसैले नेपालको राजनीति, सामजिक, आथिर्क स्थितिबारे उसलाई पूरै ज्ञान थियो ।  प्रत्येक छुट्टीमा हामीसँगै हुनेगथ्र्यौ । हामीले मुटु साट्यौँ । तन साट्यौँ। दुखसुख बाड्यौँ । कुनै क्षणपनि म रिचर्डको सोचाइको परिवेशभन्दा बाहिर हुन्नथेँ । कतै रिचर्ड पनि सुदर्शन जस्तै हुने हैन – म झस्कन्थेँ । उसका अविश्वास गरेका कुरामा विबाह पर्दथ्यो । अमेरिकी समाजमा विवाह सम्बन्धलाई अत्यन्त महत्वका साथ लिइन्थ्यो । हाम्रो यात्राकहाँ सम्म पुग्ने हो कसरी टुङ्गिने हो भन्ने कुरामा म चिन्तित रहन्थेँ । तर वर्तमानसँग सम्झैता गरेर बाँच्नुपर्छ, रमाउनुपर्छ भन्ने रिचर्डको भनाइले मलाई केही सान्त्वाना दिने गर्दथ्यो ।

अँह, हुँदैन रिचर्ड पाश्चात्य मुलुकमा हुर्केको,  उसको र मेरो धेरै स्वभाव बानीबेहोरा मिल्दछ । तर खै † अहिले किन हो यो चिसोपना, एकांकीपना , उसले धेरैदिन देखि सर्म्पर्क गरेको छैन म उदासिएको छु , पिल्सिएको छु । सायद सुदर्शनले पनि यस्तै सोचेको थियो होला । तर ऊ त नेपाली परिवेशमा हुर्केको मान्छे उसले मेरो व्यक्तिगत स्वतन्त्रतालाई मन नपराएको हुन सक्छ । तर रिचर्डलाई त त्यस्तो कुनै कुराले कुनै असर नपर्नु पर्ने हो ।

म फेरि आफ्नै तन्द्रामा तन्द्रिन पुग्दछु । दिदीले विहेगरेपछि म आफ्नै रोजाई सुदर्शनसँग लटि्ठन पुगेको थिएँ त्यसबेला । उसले मलाई त्यति चासो नदिएपनि मैले मेरो यौवनको जादूले उसलाई प्राप्त गरिछाडेँ । किनभने म आफूले चाहेको कुनैपनि वस्तु प्राप्त हुनैपर्छ भनी दावी गर्दथे । उसले मेरो प्रेमप्रस्ताव स्वीकार गरेपनि तत्काल विहे नगर्ने विचार पोख्यो । मपनि सहमत भइदिएँ । हामी लोग्नेस्वास्नीझैँ सँगै बस्न थाल्यौँ । ऊ प्राइवेट सहकारी संस्थामा काम गथ्र्यौ भने म प्लस टुमा पढाउँथेँ । सबैले हामीलाई पतिपत्नीको उपाधि दिइसकेका थिए । मेरो यस व्यवहारबाट घर परिवारका खुसी थिएनन् । बिस्तारै मेरो हठी, स्वतन्त्र विचारसँग सुदर्शन परिचित हुँदै जान थाल्यो । ऊ पुरुषप्रधान समाजमा हुर्केको मान्छे आफ्नो पुरुषत्वको रवाफ ममा देखाउन सक्दैनथ्यो । उसलाई आफ्नो पतित्वको भार बोक्ने पत्नी चाहिएको थियो । म जस्तो स्वतन्त्र विचारधारा भएकी केटीलाई जीवनसाथी बनाउनु भनेको उसको लागि फलामको च्युरा चबाउनु बराबर हुन सक्थ्यो । त्यसैले होला बिस्तारै हामीमा मनमुटाव बढ्न थाल्यो । त्यसपछि ऊ यसरी मबाट छुटि्टयो जसरी  तेलबाट पिना छुटि्टन्छ । उसकेा विकर्षाले  म रन्थिनिएँ , बौहलाएँ, छटपटिएँ  । मेरी मम्मीले नेपाली समाजमा  नारीको भूमिका र संस्कारबारे दिएको लामै भाषण मेरो कानमा गुञ्जिरह्यो  । तर म आफ्नो स्वभाव र प्रवृत्तिमा अडिग थिएँ ।  मेरी मम्मीले बेला बेलामा ल्याएको अरेन्ज मेरिजलाई पनि ठाडै अस्वीकार गरिदिन्थेँ  । किनभने अरेन्ज मेरिजले मेरो स्वाभिमानी विचारलाई आघात पुयाउन सक्दथ्यो । म आफूलाई दानगर्ने बस्तु ठान्न सक्दिनथेँ । म आफ्नो स्वतन्त्र विचारहरू लगनगाँठोमा बन्धक भएर बाधिएको  हेर्न सक्दिनथेँ । अरेन्ज मेरिज द्वारा गरिएको विवाह कर्मकाण्डमा नारीलाई धेरै होच्याएको र अपमानित गरेको महसुस म गर्दथे ।  त्यसैले मम्मीको प्रस्तावलाई धेरैचोटि मैले अस्वीकार गरिसकेको  थिएँ । म तडपिएँ , भौतारिएँ । जीवनको सार खोज्न थालेँ। जसले मलाई अथाह समुन्द्रबाट पार गराउन सक्दथ्यो, नभन्दै सपनाको शहर अमेरिकामा विद्यावारिधी गर्न पाउने छात्रवृत्तिले मलाई नयाँ जीवन दियो । म सम्पूर्ण विगत भुलेर अमेरिकाको वैभवतामा रमाउँदै आफ्नो उद्देश्य  पूरा गर्ने सपना देख्न थालेँ ।

तर आज अमेरिकाको यो वैभकताले पनि मलाई मेरो विचार सोचाईलाई  विजयी बनाउन सकेको छैन । मेरा विचारहरू उड्न सकेनन्, सोचाइहरू रमाउन सकेनन । मेरा स्वभाव र प्रवृत्ति सुन्दर फूलझैँ फक्रन सकेनन् । म फेरि एक्लिएँ । मेरो सोचाइ एक्लियो । रिचर्डको व्यवहारले मेरा आस्था र विश्वासहरू कतै शरणार्थी हुनलाई तडपिरहेको भान भएको छ मलाई अहिले ।  मेरा विचार र धारणाहरू अन्तरआत्मादेखि नौ पलायन हुन खोजिरहेका छन् । गजब लाग्छ  यो देश, यहा“का मानिसहरू, सम्पूर्ण देश , महादेश र विश्व यही छ । सम्पूर्ण विश्वको सभ्यता र संस्कृति यही छ । यो अपरच्युनिटिको देश …..। कथाको पहेली जस्तो लाग्छ…. यो देश जहाँ फर्मालिटी अथार्त औपचारिकतामा बाँचेका छन नारी पुरुषहरू । त्यही“ औपचारिकतामा मेरा भावानाहरू हराइरहेका छन् । म कहिलेकाही“ खोज्छु आफूले आफैले यो विशाल सागरमा ।

म सम्झन्छु , मम्मीको मेल चेक गर्नुछ । तुरुन्त कम्प्युटर अन गर्छु मम्मीले मेलमा लेख्नु भएको छ – ‘बिहे गर्न केटो तयार छ । तुरुन्त आउनू । ऊ पनि अमेरिका जाने प्रोसेसमा छ । त्यसैले प्रेस गरिरहेछ । बारेमा मैले सबै बताइदिएको छु । केटो असल छ । ‘

के साँच्चै, ऊ मलाई बुझ्न सक्छ, पढ्न सक्छ । कि ऊ मात्रै अमेरिका आउनको लागि एउटा सहाराको खोजीमा छ । जसको लागि म दह्रो बैशाखी बन्न सक्छु । ऊ पनि सुदर्शन , रिचर्ड हुन के बेर । तर अब त मेरा विचार , सोचाई कतै शरणार्थी हुँदै छन् । म आफ्नो सोचाई , विचारहरू हराएर कसैलाई पाउँदैछु त्यसैले त्यसो नहुन पनि सक्छ । म मम्मीको  केटो असल छ भन्ने शब्दमा अडिन्छु , मलाई कहिले यसरी केटाको बारेमा भन्नु हुन्न थियो । म मम्मीलाई अलिकति विश्वास गर्छु, त्यही विश्वासले मलाई नेपाल पुर्‍याउछ , थुप्रै अनुहारहरूले सोधिरहेको जस्तो लाग्छ  ‘आखिर नेपाली केटाको फेला परिस् हैन । कहाँ गए तेरा स्वतन्त्र विचारहरू सुमी’ , मलाई थाहा छैन , म जिन्दगीको के कस्तो निर्णय लिँदैछु । यस्तो निर्णय पहिलो हुन सक्छ , दोस्रो वा तेस्रो हुन सक्छ । म भ्रममा रुमलिन्छु  । विगतहरूमा रुमलिन्छु अनि अनायास मेरा औलाहरू टाइप र्राईटरमा जान्छन् । केही क्षण ओके टाइप गर्छपफेरि र्सतर्क हुँदै ‘आइ विल डिसाइड आफ्टर ए मन्थ’ टाइप गर्छु फेरि ओ. के. टाइप गर्छु म मूर्तिवत हुन्छु । अनायास मेरा औलाहरू ‘ओ.के. मम्मी… ओ.के. ड्याटस मस्ट बी ए राइट च्वाइस…’ टाइप हुन्छन् र म आफूलाई र्सवाङ्ग बिर्सेर ड्वाङ्गराङ्ग पल्टन्छु । मैले निर्णय  लिएँ । म अनिर्णय बन्दी हुन चाहिनँ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !