१२ पुस २०८१, शुक्रबार

अप्रत्याशित मृत्यु


Kabita
Suman Pratibimba
`प्रतिबिम्ब´ सुमन

कायर त म छु नै !!

तर यत्ती सम्म कि :

त्यो कायरता प्रस्फुटन गर्ने शक्ति समेत म बाट बिलिन भएको छ ।।।

 

हिजोका साथहरु आज यादमा परिणत भएका छन ।।

खुशिहरु एकाएक दु:ख बनेर :

होलिको रङ्ग झै सरिरभरी पोतिन लालायित बनेका छन ।।

हासोहरु लुब्द भएर :

मेघ गर्जनका साथ बर्षाद हुनु पुर्ब बादलले ढाकेको आकाश जस्तो भएको छ अनुहार ।।

अनि हिजो तिमलाइ हेर्न लालायित यी अँखाहरु बाट :

बर्षाद झै बर्षन थालेका छ्न अशुका भेलहरु ।।।

 

तिम्रो मृत्यु पश्चात् :

तिमलाइ भेट्न लालायित यी पाइलाहरुले :

आफै भुइँमा गाडिन सिके ।।

तिमलाइ हेर्ने यी चंचल अँखाहरुले :

आफैमा लगाम लगाउन सिके ।।

तिम्रो उपहार आँसु, दुःख, पिडा र पिरले :

आफैलाइ दबाउन सिके ।।

तिमी प्रतिका गुनासाहरुले :

आफैलाइ निशब्द बनाउन सिके ।।

मानिसहरुको भिडमा रमाउने यी मनहरुले :

एकान्तमा बसेर घन्टौंसम्म रुन सिके ।।।

 

तर कहिल्यै गुनासो गरेनन् कि :

“हामी प्रेममा थियौ । र प्रेम गर्नु गल्ती थियो ।”

तर बिडम्बना :

गल्ती त त्यो `अप्रत्याशित मृत्यु´को थियो ।।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !