दिलमा बसेर दिल, दुखाएर गई ,
अनि आँशुको मुहान,फुटाएर गई ।।
हसाउने रमाउने, हजार छन् यहाँ,
तर एउटै मान्छेले, रुवाएर गई ।।
यति धेरै चोट दिई,चोट माथी उस्ले,
र त चोटैले ती चोट,भुलाएर गई ।।
माया नगरेकी हैन,औधी गर्थी माया,
था’ छैन कसरी मन, बुझाएर गई ।।
तिमी बिना मर्छु भन्थी,भन्दिन धोका दिई,
साथ छोड्नुको कारण, लुकाएर गई ।।
– राज कुमार धिमाल
बर्दिबास ३ महोत्तरी (हाल हेटौंडा)