८ पुस २०८१, सोमबार

अदृश्य बिचलन


sad man

अनि त्यस पछी के भयो ? हतारमा नै सोधें मैले । अनि दाजु कुरा के भनेनि, उस्ले भेट्न खोजेकी छे भन्ने खबर आयो । घरमा बुबा आमा ले पनि अति गर्न थालेपछी धेरै सोचें मैले ।हुन पनि म सँधै घर बाहिरै हुने, आमा लाइ साथी पनि चाहीएको, आफुलाइ पनि जिबन साथी को खाँचो । लौ त हेरौं, हेर्दै मा के बिग्रीन्छ र ? मन परे बिहे गर्ने हो, नत्र करकापले हुनेनि हैननि भन्ने लागेर भोली पल्ट जाने निर्णय गरियो । अनि ब्याग ग्राउण्ड नबुझी सिधै हेर्न गएको त ? अलि कौतुहल मै सोधिहालें । तेही त, सबै ठिक छ भन्ने सुनें, फेस बुकमा फोटो हेर्दा पनि ठिकै लागो । अनि हेरेर मात्र आयो कि केही कुरा पनि भयो ? अँ,  कुरा पनि भयो ।अनी के सोधोउ त तिमिले ? मैले ? मैले त खासै सोध्नै पाईन । उस्ले पो सुरुगरी ।तेस्मा पनि सुरुमै झड्का पो लगाई त । हैन, कस्तो झड्का हो ?

हत्तेरी दाजु! के भन्ने ?

सुरुमै बिदेश जाने कि नेपालमै बस्ने भनेर पो सोधि त मलाइ। मैले नेपाल मै बसेर केहि गर्ने इच्छा छ भनिदिएँ ।
“यस्तै हो आंट हुने र प्रगतीबादी हरु बिदेश जान्छन्।बिग्रेका र केहिगर्न नसक्नेहरुतहोनी यहां बस्ने” पो भनि त उस्ले दाजु ! अनि एउटी ले भनेर के भयो त भाई ?तेस्ता केटी अरु पनि पाईन्छन ।कहाँ  हुनु दाजु, यो भन्दा अघिका हरुले पनि तेही सोधेका थिए।  खै ? के गर्ने दाजु ! उनिहरुका लागी बिदेश जाउँ भने बाबुआमाको कपाल फुलिसक्यो कसरि छोडेर जाउँ, नजाउँ भने आफ्नै कपाल फुल्ला भन्नेपो डर भो, क्या धर्म संकटाँ  परियो त दाजु !

भरत भण्डारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !